शुक्रबार, माघ ७ २०७८ | Fri, January 21, 2022
नेपालको समय: ०१:१४ | UK Time: 19:29

नेपालले अफगानिस्तानलाई सहायता पठाउँदै

वीनेपाली
२०७८ माघ १ गते १३:३२

काठमाडौँ । नेपाल सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक