काठमाडौँ । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गायक श्रेष्ठलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।
अध्यक्ष लिङ्गदेनले विभिन्न समयमा पार्टीमा आएको फुटका कारण यत्रतत्र छरिएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्दै लोकप्रिय गायक श्रेष्ठले पार्टीभित्र विभिन्न राजनीतिक अभियान सञ्चालन गरी सङ्गठनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा गायक श्रेष्ठ तत्कालीन राप्रपा नेपालबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ बाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सो पार्टी परित्याग गरी निस्कृय बस्नुभएको थियो । नेता सुन्दर पाण्डेका अनुसार अर्का गायक कविन्द्र श्रेष्ठ पनि उक्त पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले विभिन्न धार्मिक संस्थाका प्रतिनिधिलाई समेत प्रवेश गराउनका लागि गृहकार्य भइरहेको जानकारी बताउनुभयो ।
विसं २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलोपटक एकता अधिवेशन हालै सम्पन्न गरेको सो पार्टीले समान विचार भएका पार्टी तथा समूहलाई एकताबद्ध गर्न महामन्त्री धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरेको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा