
लन्डन । बेलायती विदेशमन्त्री यवेटे कुपर र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
इरानको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा इरानी कुटनीतिज्ञ र बेलायती कुटनीतिज्ञबीच फोनवार्ता भएको जानकारी गराइएको हो ।
मन्त्रालयले भनेको छ, “शुक्रबारको फोनमा मन्त्रीहरूले आपसी समझदारी सुदृढ गर्न र आपसी हितका मुद्दाहरूलाई अघि बढाउन विभिन्न तहमा परामर्श जारी राख्नुपर्नेमा जोड दिएका थिए।”
बेलायत सरकारको एक स्रोतका अनुसार कुपरले इरानको आणविक कार्यक्रमको कूटनीतिक समाधानको आवश्यकतामा जोड दिनुभएको थियो भने अन्य धेरै मुद्दाहरूबारे पनि चासो राख्नुभएको थियो ।
लन्डनस्थित स्रोतका अनुसार कुपरले जासुसीको आशङ्कामा इरानमा करिब एक वर्षदेखि हिरासतमा रहेका बेलायती दम्पती लिन्डसे र क्रेग फोरम्यानको मुद्दा पनि विशेष जोडका साथ उठाउनुभएको थियो ।
इरानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा दुई बेलायती नागरिकको मुद्दाबारे उल्लेख गरिएको छैन ।
बेलायत, फ्रान्स र जर्मनीलाई उद्धृत गर्दै अराघचीले इरानको आणविक मुद्दाप्रति तीन युरोपेली देशको गैरजिम्मेवारपूर्ण दृष्टिकोणको आलोचना गरेको विज्ञप्तिमा उल्लेख छ ।
युरोपेली यी तीन देशले सेप्टेम्बरको अन्त्यमा आणविक मुद्दाप्रति वार्ताको पहल गरेका थिए ।
इरानको आणविक कार्यक्रमको मोह नत्यागेको कारण संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको पुनस्र्थापना भएको छ ।
प्रारम्भिक पचासको दशकमा इरानी जेलमा रहेका फोरम्यान द्वयलाई जनवरीमा मध्य इरानको केरमान हुँदै विश्व मोटरसाइकल यात्राको क्रममा पक्राउ गरिएको थियो।
इरानले विदेशी गुप्तचर सेवाका लागि सूचना सङ्कलन गर्न पर्यटक भएको नाटक गरेर दम्पती प्रवेश गरेको आरोप लगाएको छ । आरोपलाई आरोही दम्पतीको परिवारले अस्वीकार गरेको छ ।
शुक्रबारको फोन आउनुअघि दुई मन्त्रीबीच अन्तिम पटक अक्टोबरमा कुराकानी भएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे