
लन्डन । ‘टेडुनेट’ले शिक्षालाई विद्यार्थी–केन्द्रित बनाउने लक्ष्यसहित लन्डनबाट आफ्नो औपचारिक काम शुभारम्भ गरेको छ।
परम्परागत शिक्षण ढाँचाले सबै विद्यार्थीको आवश्यकता समान रूपमा सम्बोधन गर्न नसकेको अवस्थामा टेडुनेटको अवधारणा जन्मिएको संस्थापक सुमित र नितेशले बताउनुभएको छ। उहाँहरूका अनुसार प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सिकाइ गति फरक हुने भएकाले प्रविधिको माध्यमबाट वैयक्तिक सिकाइ सम्भव बनाउन आवश्यक देखिएको हो ।
सन् २०२५ मा सुरु भएको टेडुनेटले शिक्षण सामग्री, मूल्याङ्कन प्रणाली र सिकाइ प्रक्रियालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरेको छ । यसले विद्यार्थीलाई आफ्नै गति र आवश्यकताअनुसार सिक्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ, जसले शैक्षिक लक्ष्य हासिल गर्न सहयोग पुर्याउने अपेक्षा छ।
टेडुनेटको टोलीमा विभिन्न विषयका अनुभवी शिक्षक, शिक्षा विज्ञ तथा प्रविधि विशेषज्ञहरूको सहभागिता छ । उहाँहरूको साझा उद्देश्य प्रविधिलाई शिक्षासँग सन्तुलित रूपमा प्रयोग गर्दै शिक्षक–विद्यार्थीबीचको मानवीय सम्बन्धलाई कायम राख्नु हो।
टेडुनेटलाई केवल प्रविधिमा आधारित समाधानका रूपमा मात्र नभई शिक्षा क्षेत्रमा दीर्घकालीन सोच परिवर्तन ल्याउने पहलका रूपमा हेरिएको छ । ‘प्रविधिले शिक्षा सहज बनाओस्, तर शिक्षाको मूल मानवीय मूल्य कमजोर नहोस् भन्ने दर्शनसहित टेडुनेट अघि बढिरहेको छ’, संस्थापक सुमितले भन्नुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते