
लन्डन । नेपाली राजदूतावास लन्डनले आइतबार २१ डिसेम्बरमा विशेष योग ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष डिसेम्बर २१ मा मनाइने अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा लन्डन दूतावासले विशेष योग ध्यान कार्यक्रम गर्न लागेको हो । कार्यक्रम बिहान ९ देखि ११ बजेसम्म राजदूतावास परिसरमै हुनेछ ।
शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागेको दूतावासले जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई आमन्त्रण गरिएको छ ।
स्थान सीमित भएकाले सहभागिता पहिलो आउने, पहिलो पाउने आधारमा सुनिश्चित गरिने र त्यसका लागि अनिवार्य रूपमा अनलाइन रजिस्ट्रेशन गर्नुपर्ने लन्डन दूतावासले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक