सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन

लन्डन । सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन हुनुभएको छ ।

अल्डरसटमा शनिबार २० डिसेम्बरमा भएको वार्षिक साधारणसभा तथा अधिवेशनले शारदाको नेतृत्वमा १९ सदस्यीय नवौं नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दिपक गुरुङ (राजु), कोषाध्यक्षमा जगन गुरुङ, सह-कोषाध्यक्षमा कुमार थापा र सहारा यूकेको सीईओमा दल गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, स्पोर्टस् सेक्रेटरीमा शम्शेर गुरुङ र युथ कोअर्डिनेटरमा अजयजंग थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा रमेश गुरुङ, सविन्द्र कुमार गुरुङ (एसके), गम गुरुङ, गंगा गुरुङ, मनोज गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मिलन तमु र मनोज गुरुङ चुनिनुभएक छ । निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएको थियो ।

निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्त रहनुभएको थियो ।

त्यसअघि अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा महासचिव क्याप्टेन पिताम्बर गुरुङले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापाले आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री