
वासिङ्टन । अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।
पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उनी माथि दुई दिन पछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एम आ इटी) का एकजना प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको जनाइएको छ ।
नोमले सामाजिक सञ्जालमा नेभेस भ्यालेन्टे “सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभि–१) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरेर ग्रिन कार्ड प्राप्त गरेको बताउनु भएको छ ।
“राष्ट्रपति ट्रम्पको निर्देशनमा, तुरुन्तै संयुक्त राज्य अमेरिकाको नागरिकता र अध्यागमन सेवा (युयस सी आइयस) ग्रीन कार्ड कार्यक्रम रोक्न निर्देशन दिएको उल्लेख गर्दै विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानी नहोस भन्ने अभिप्रायले निलम्बन गरेको बताउनु भएको छ । यसै क्रममा अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई आफ्नो देशमा कहिल्यै अनुमति दिनु नहुने बताउनु भएको छ ।
नेभेस भ्यालेन्टे लामो खोजी पछि आत्महत्या गरेर मृत फेला परेको प्रहरीले जनाएको छ ।
अमेरिकी विदेश विभागका अनुसार ग्रिन कार्ड लटरीले संयुक्त राज्य अमेरिकामा आप्रवासनको लागि विभिन्न देशबाट आएका मानिसहरूलाई वार्षिक रूपमा ५५ हजार जनालाई स्थायी निवासी भिसा प्रदान गर्दछ ।
जसको लागि योग्य हुन, आवेदकहरूले अमेरिकामा कम्तिमा उच्च विद्यालय शिक्षा वा दुई वर्षको प्रशिक्षण वा कार्य अनुभव प्राप्त गरेको हुनु पर्दछ ।
आवेदहरू जाँच प्रक्रियाको माध्यमबाट पनि यस कार्यक्रममा समावेश हुन सक्छन् जसमा अन्तर्वार्ता समेत समावेश छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]