
लन्डन । एक ब्रिटिश र्यापरले चलाएको गाडीले ठक्कर दिँदा मृत्यु भएका युबिन तामाङको अन्त्येष्टी गरिएको छ । युबिनको जीवनको सम्मान र सम्झनाका लागि शुक्रबार लन्डनको इस्ट एन्ड रोडस्थित सेन्ट मेरीलेबोन क्रेमेटोरियममा अन्त्येष्टि गरिएको हो ।
बुद्धिष्ट कम्युनिटी सेन्टर यूके लन्डन शाखाका लामा गुरु कर्मा वाङ्गेलले दिवंगत युबिनको आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना गर्नुभयो ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले उच्च शिक्षाका लागि बेलायत आएका युवा विद्यार्थी युबिनको दुःखद् निधन उनको परिवारका लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायका लागि अपूरणीय क्षति भएको बताउनुभयो । उहाँले ‘हिट एन्ड रन’ घटनामा दोष स्वीकार गरिसकेका बेलायती र्यापर घेट्सविरुद्ध कडा कारबाहीको माग पनि गर्नुभयो ।
युबिनप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूमा युनिभर्सिटी अफ रोह्याम्पटनअन्तर्गत साउथल्यान्ड्स कलेजका प्रमुख लुइस रेडफर्न, तामाङ घेदुङ यूकेका अध्यक्ष हरि सिंह वाइबा, तामाङ सोसाइटी अफ यूकेका महासचिव सोमरस तामाङ, गोर्खा नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष गञ्जा आले, धरान समाज यूकेका जीवन राना तथा मगर एसोसिएसन यूकेका कोषाध्यक्ष मोहन थापा रहनुभएको थियो ।
परिवारको तर्फबाट मेजर अवतार श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य वाचन गर्नुभयो । तामाङ घेदुङ यूकेका महासचिव बिशाल स्याङ्ग्बोले संचालन गरेको श्रद्धाञ्जलीसभामा सोलिसिटर अप्सना राईलगायतको उपस्थिति थियो ।
र्यापर घेट्सले स्वीकारे दोष
बेलायती र्यापर घेट्सले उत्तर–पूर्वी लन्डनमा भएको हिट एन्ड रन दुर्घटनामा युबिनको मृत्युका लागि आफु दोषी भएको स्वीकारेका छन्।
घेट्स, जसको वास्तविक जस्टिन क्लार्क–सामुएल हो, ले १८ अक्टोबर २०२५ मा उत्तरपूर्वी लन्डनको इलफोर्ड क्षेत्रमा आफ्नो गाडीले २० वर्षीय युबिन तामाङलाई ठक्कर दिएपछि नरोकी भागेका थिए।
प्रहरीका अनुसार उनी ३० माइल प्रतिघण्टा गति सीमाभन्दा बढी, ६० माइल प्रतिघण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए, र बाटो काटिरहेका युबिनलाई ठक्कर दिएका थिए।
पूर्वी लन्डनको वुडफोर्ड निवासी ४१ वर्षीय क्लार्क–सामुएलले खतरनाक रूपमा सवारी चलाएर युबिनको मृत्यु गराएको अभियोग स्वीकार गरेका छन्। त्यही दिन खतरनाक ड्राइभिङसम्बन्धी अर्को अभियोग पनि उनले स्वीकार गरेका छन्। यसका साथै उनीमाथि कानुनी सीमाभन्दा बढी रक्सी सेवन गरेर सवारी चलाएको र खतरनाक ड्राइभिङसम्बन्धी थप दुई अभियोग पनि लगाइएका छन्।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला