
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी तेस्रो साता हुने भएको छ ।
एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीको २०८२ मंसिर २८ गते (तदनुसार डिसेम्बर १४, २०२५), आइतबार बसेो दोस्रो बैठकले सन् २०२६ फेब्रुअरी २३, २४ र २५ तारिखमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरणका लागि केन्द्रमा गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । जसमा
क) संयोजक: गंगाधर गौतम
ख) सह-संयोजक: टीका गुरुङ (राधिका)
ग) सदस्य: चिरञ्जीवी खड्का
घ) सदस्य: नारायण काफ्ले
ङ) सदस्य: शनि ओली
२. गैरआवासीय नेपाली संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५, २०२६ मा आयोजना गर्ने।
३. बृहत् एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम निम्नानुसार सञ्चालन गर्नेः
क) डिसेम्बर १९ : मध्यपूर्व तथा अफ्रिका क्षेत्र
ख) डिसेम्बर २० : एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र
ग) डिसेम्बर २१ : अमेरिकाज तथा युरोप क्षेत्र
४. पाँच सदस्यीय मेम्बरसीप समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने।
५. स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधानअनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने र हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने ।
बैठकले गैरआवासीय नेपाली संघका सम्बन्धित सबै पक्ष, राष्ट्रिय समन्वय परिषदहरू साथै विश्वभर छरिएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान गरेको छ।
महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय तथा कार्यान्वयनका कामहरू तत्काल सुरु गर्नसमेत बैठकले आग्रह गरेको आइतबार महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे