
बेलायतबाट विहिबार विमानमार्फत् २ सय ६० भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री नेपाल पठाइएको छ । शुक्रबार नेपाल पुग्ने गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सेन्ट्रेटरहरु पनि पठाइएको हो । स्वास्थ्य सामग्रीहरु नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको छ।
नेपालमा कोभिड-19 महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम संयुक्त अधिराज्य सरकारले २६० वटा भेन्टिलेटर (130 C-PAP + 130 Bi PAP), भेन्टिलेटरका लागि आवश्यक अन्य
सामग्रीहरु(Consumable for Ventilators) तथा 19,200 फेस शिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने छ। उक्त विमानमा साथै NepalMedUK बाट प्राप्त गरी पठाईएको छ।
अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि यस राजदूतावासले बिभिन्न तरीकाले पहल गरिरहेको छ। विशेषगरी द्विपक्षीय सहयोग अन्तर्गत अथवा कोभ्याक्स अन्तर्गत यथाशीघ्र
खोप उपलब्ध गराईदिने विषयमा महामहिम राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरे।अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसदका सदस्यहरु, गैरआवासीय नेपाली संघ, बिभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैरसरकारी च्यारिटी संस्थाहरु सँग भेटघाट, छलफल तथा समन्वय भैरहेको दुतावासले जनाएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]