लण्डन । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायतमा उनी बसोबासरत रहेको काउन्सिलले उच्च सम्मान दिने भएको छ ।
इस्टली बरो काउन्सिलले पुर्जालाई ‘द फ्रिडम अफ द बरो अफ इस्टली’ सम्मान दिने निर्णय गरेको हो ।
पूर्व गोरखा सैनिक रहेका पुर्जा स्थानीय नेपाली समुदायको पनि सदस्य रहेका छन् । उनलाई काउन्सिलले ‘पर्वतारोहण समुदायको प्रख्यात व्यक्ति’ का रुपमा चित्रित गरेको छ । उनले ८ हजार मिटरमाथिका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेका थिए । यसअघि ती हिमालहरु चढ्न ८ वर्ष लागेको थियो ।
काउन्सिलको यही साता बसेको वार्षिक पूर्ण बैठकले पुर्जालाई ‘द फ्रिडम अफ द बोरो अफ इस्टली’ को सम्मान दिने निर्णय गरेको हो ।
पुर्जालाई उनले पर्वतारोहण साथसाथै सामाजिक सेवामा पुर्याएको योगदानका लागि एमबीई प्रदान गरिएको थियो ।
काउन्सिलको बैठकले स्टान नेवेल, मेलानी फिलिप्स र पाट स्टाथामलाई पनि नागरिक सम्मान दिने निर्णय गरेको छ ।
सबै अवार्डहरु काउन्सिलका मेयर काउन्सिलर सिन्थिया गार्टोनले शरदमा प्रदान गर्नेछिन् ।
काउन्सिलले पचासौँ वार्षिकोत्सवका अवसरमा १९८६ मा नागरिक सम्मान खडा गरेको थियो ।
ती अवार्डहरु हरेक दुई वर्षमा ती अवार्डहरु स्थानीय समुदायमा लामो र उदाहरणीय कार्य गर्ने व्यक्तिहरुलाई दिने गर्दछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग