लण्डन । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायतमा उनी बसोबासरत रहेको काउन्सिलले उच्च सम्मान दिने भएको छ ।
इस्टली बरो काउन्सिलले पुर्जालाई ‘द फ्रिडम अफ द बरो अफ इस्टली’ सम्मान दिने निर्णय गरेको हो ।
पूर्व गोरखा सैनिक रहेका पुर्जा स्थानीय नेपाली समुदायको पनि सदस्य रहेका छन् । उनलाई काउन्सिलले ‘पर्वतारोहण समुदायको प्रख्यात व्यक्ति’ का रुपमा चित्रित गरेको छ । उनले ८ हजार मिटरमाथिका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेका थिए । यसअघि ती हिमालहरु चढ्न ८ वर्ष लागेको थियो ।
काउन्सिलको यही साता बसेको वार्षिक पूर्ण बैठकले पुर्जालाई ‘द फ्रिडम अफ द बोरो अफ इस्टली’ को सम्मान दिने निर्णय गरेको हो ।
पुर्जालाई उनले पर्वतारोहण साथसाथै सामाजिक सेवामा पुर्याएको योगदानका लागि एमबीई प्रदान गरिएको थियो ।
काउन्सिलको बैठकले स्टान नेवेल, मेलानी फिलिप्स र पाट स्टाथामलाई पनि नागरिक सम्मान दिने निर्णय गरेको छ ।
सबै अवार्डहरु काउन्सिलका मेयर काउन्सिलर सिन्थिया गार्टोनले शरदमा प्रदान गर्नेछिन् ।
काउन्सिलले पचासौँ वार्षिकोत्सवका अवसरमा १९८६ मा नागरिक सम्मान खडा गरेको थियो ।
ती अवार्डहरु हरेक दुई वर्षमा ती अवार्डहरु स्थानीय समुदायमा लामो र उदाहरणीय कार्य गर्ने व्यक्तिहरुलाई दिने गर्दछ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]