
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सदस्यता ड्राइभलाई अध्यक्ष पदका उम्मेदवारहरुले तीव्र बनाए पनि विगतको तुलनामा सदस्य संख्यामा कमि आउने अनुमान गरिएको छ । करीव १४ हजार पंजिकृत सदस्य संख्या रहेको एनआरएनए युकेमा यस पटक सदस्य संख्या घट्ने अनुमान धेरै ले गरेका हुन् ।
कोभिड -१९ का कारण पंजिकृत सदस्य संख्यामा कम आउने अनुमान गरिएको हो । नयाँ सदस्यताका लागि आवेदन दिन २० दिन वाँकी हुदा करीव एक हजार व्यक्तिको सदस्यताका लागि आवेदन परेको छ । नयाँ सदस्यताका लागि आवेदन दिन २० दिन वाँकी रहँदा करीव एक हजार व्यक्तिको पंजीकृत सदस्यका लागि आवेदन परेको छ ।
झन्झटिलो अनलाइन प्रणाली, कोरोना संक्रमण र एनआरएनए युके भित्रको आर्थिक अनियमितता विवाद र मुद्दा मामलाका कारण धेरै युकेबासी नेपालीले पंजिकृत सदस्यका लागि आवेदन नदिएको अध्यक्ष पदका एक उम्मेदवारले नेपाली समुदायसँगको भेटघाटपछिको अनुभव सुनाए । उनका अनुसार विगतको जस्तो एनआरएनप्रति नेपाली समुदाय सकारात्मक नभएको पाएको छु ।
यद्यपी कोभिड-१९ संक्रमण दर घट्न थालेपछि बेलायत सामान्य अवस्थामा फर्कदै गर्दा चार अध्यक्ष पदका उम्मेदवारहरुले नेपाली संघसंस्थाका अगुवाहरु सँग भेटघाट सुरु गरेका छन । बेलायतभर रहेका स्थानिय संघ संस्थाहरुका अगुवाहरु मार्फत नयाँ सदस्य लिइदिन अनुरोध गरेका छन । अनलाईन फारम भर्नका लागि अध्यक्ष पदका प्रत्यासी प्रेम गाहामगरले १५ स्थानमा कार्यालय स्थापना गरेका छन । ति कार्यालयहरु मार्फत एनआरएनए युकेको सदस्य बनाउने काम सुरु भैसकेको छ । उनले आउने सातामा सदस्य संख्या बृद्धि हुदै जाने बताए । ‘बढी भन्दा बढी नेपाली समुदायलाई एनआरएनए युकेको सदस्य बनाउने लक्ष्य छ’, उनले भने । वर्तमान उपाध्यक्ष गाहामगरले चुनावी कमाण्डरका रुपमा पुर्व उपाध्यक्ष शेर सुनारलाई अघि सारेका छन ।
यता, अर्का अध्यक्षका प्रत्यासी सुनिल वावु खड्काले सदस्यता बनाउने कार्य जारी राखेको बताए । कोभिड संक्रमणका कारण घरबाटै सामाजिक अगुवाहरुलाई सम्पर्क गरि नयाँ सदस्यताको आवेदन गर्न आग्रह गरिरहेका छन । अर्का अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले सदस्यता बनाउने अभियानमा निस्किएकी छिन । मिडल्याण्डमा आफ्नो अभियान जारी रहेको उनले बताएकी छिन । अर्का अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठ स्कटल्याण्ड पुगेका छन । आफ्नो टिमसहित स्टकल्याण्ड पुगेका श्रेष्ठले निर्वाचन अभियानलाई तीव्र पारेका छन ।
एनआरएनए युके पहिलो पटक अनलाईन सदस्यतामा प्रवेश गरेकाले कति सदस्यहरुले यस पटक नयाँ कार्यसमितिका चयनका लागि सदस्यता फारम भर्ने हो त्यो अनुमान गर्न सकिएको छैन । आगामी २०२१-२०२३ को नयाँ कार्यसमिति चयनका लागि आगामी जुलाई ३१ तारिखमा निर्वाचन हुँदैछ । आगामी जुन १० भित्र संघले तोेकेको एमआइएस सिस्टममा दर्ता भएका सदस्यहरुले मात्रै नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने छन् । त्यसपछि पनि सदस्यता लिन सक्ने भएपनि उनीहरुले नेतृत्व चयन प्रक्रियामा भने सहभागी हुन पाउने छैनन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग