
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आगामी कार्यकालका लागि नयाँ सदस्यका लागि आवेदन दिनेको सदस्यता प्रमाणिकरण गर्ने अधिकार थप ६ जनालाई दिएको छ । एनआरएनए युके अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोका मगरमा सीमित रहेको सदस्यता प्रमाणिकरणको अधिकारलाई विस्तार गरि ९ जना पुर्याइएको हो । गत आइतवारबाट उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, सुनिल वावु खड्का, नारायण कंडेल, मोहन कार्की र रोजीना प्रधान राईलाई पनि प्रमाणिकरणमा सहभागी गराइएको महासचिव फडिन्द्र भट्टराईले बताए । जसमा ६ जना उपाध्यक्षहरु छन । उनले सबै बिषयहरु पारदर्शि हुने भएकाले जिम्मेवार पदाधिकारीहरुलाई नयाँ सदस्यताको प्रमाणिकरणमा सहभागी गराउने कार्य सकारात्मक भएको प्रतिक्रिया दिए ।
एनआरएनए युके एमआइएस सिस्टममा प्रवेश गरेपछि अनलाईन मार्फत नै नयाँ सदस्यता भराइएको छ । गत १ अप्रिलबाट खुलाइएको नयाँ सदस्यता आवदेन १० जुनमा सकिदैछ । यतिवेला नयाँ सदस्यका लागि बिभिन्न पदका आंकाक्षीहरु र एनआरएनए अभियन्ताहरु सामाजिक संजाल मार्फत सदस्यता फारम भर्न आव्हान गरिरहेका छन । हालसम्म करीव ५ सय सदस्यहरुले एनआरएनए युकेको सदस्यता लिइसकेका छन भने करीव ४ सय बिभिन्न कारण प्रमाणिकरण हुन सकेका छैनन् ।
यता, एनआरएनए युके आर्थिक विवाद समाधान गर्न वार्ता गरिरहेको संरक्षक मण्डलको बैठकले संस्थापन पक्ष र चार उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल सँग छलफल गरिरहेको स्रोतले बताएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग