लण्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) युकेले कारोेना संक्रमणको महामारीमा परेको जन्मभुमि नेपाललाई अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री पठाउने भएको छ । शनिवार बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी तथा नेपाली संघसंस्थाहरुको सहयोग र समन्वयमा उक्त सिलिन्डरसहितका सामग्री पठाउने निर्णय गरेको हो ।
भर्चअल रुपमा जुम मार्फत भएको छलफलमा नेपालमा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, आइसियु वेड र खोपका लागि दीर्घकालिन पहल गर्ने समझदारी बनेको छ । राजदुत रेग्मीले राखेको एक सय अक्सिजन सिलिन्डरको प्रस्ताव माथि सहमति जनाउदै सामाजिक अभियन्ताहरु, व्यवसायीहरु तथा संघसस्थाहरुले आर्थिक प्रतिबद्धता व्यक्त गर्न थालेका छन । एक अक्सिजन सिलिन्डरको करीव ७ सय पाउण्ड लाग्ने अनुमान गरिएको छ ।
राजदुत रेग्मीले नेपालमा लाग्ने भन्सार छुटलगायतका सरकारसँग समन्वय गर्न काम आफुले गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल पठाउने स्वास्थ्य सामग्रीहरुका लागि सामाजिक अभियन्ताहरु, व्यवसायीहरु र संघसंस्थाहरुका तर्फबाट प्रतिबद्धता जनाउने कार्य जारी रहेको महासचिव फडिन्द्र भट्टराईले जनाए ।
यसअघि शनिवार नै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ज्ञवालीले नेपाली राजदूतहरुलाई सहयोगका पहल गर्न नै प्रत्यक्ष रूपमा निर्देशन दिएका थिए । उनले मुलुकमा अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्रीहरुको अभाव हुन थालेकाले सकेसम्म ती सामग्री सहयोगका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश