खोटाङ सेवा समाजको अध्यक्षमा डा प्रमोद

लण्डन । खोटाङ सेवा समाज युकेको पाँचौँ अधिवेशनले डा. प्रमोद कोयी राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आइतबार भर्चुअल रुपमा सम्पन्न अधिवेसनले सर्वसम्मत रुपमा २५ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिका उपाध्यक्षहरुमा श्रीमती भाग्यवती राई, प्रशाद राई, झलम राई, भविन राई महासचिव भोलाविक्रम राई, सचिवहरुमा श्रीमती रोजिना राई, देवेन्द्र राई, राजेन्द्र राई, कोषाध्यक्षमा चन्द्र जयपाल राई, सह-कोषाध्यक्ष सन्जिव राई, सदस्यहरुमा क्या. सन्तोष राई, वशन्त गुरुङ, खिलेन्द्र राई, श्रीमती जानुका राई, धीरज राई, सन्जिव राई ‘पारदर्शी’, श्रीमती सुमी राई, श्रीमती लिला गोम्देन, सुश्री अरुणा राई, प्रज्वल राई, बमबहादुर तामाङ, शिवध्वज राई, पूजन खत्री र ढकबहादुर राना मगर रहेका छन्।
निर्वाचन समिति पूर्व अध्यक्ष क्याप्टेन अशोककुमार राईको संयोजकत्वमा क्याप्टेन जगतराम राई, पूर्व अध्यक्ष रत्नकुमार राई रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

गत सेप्टेम्बरमा हुनुपर्ने अधिवेसन कोरोना महामारीका कारण लम्बिएको थियो ।

अधिवेसन समाजका अध्यक्ष रिटायर्ड मेजर भूपजित राईको अध्यक्षता सचिव राजेन राईको सन्चालनमा सम्पन्न भएको थियो । अधिवेसनमा सचिव राईले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भविन राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेसनमा स्वागत मन्तब्य उपाध्यक्ष भाग्यवती राईले दिएकी थिइन् ।

समाजले ‘खोटाङ भिजिट’ कार्यक्रममार्फत बेलायतमा जन्मिएर हुर्कंदै गरेका युवाहरुलाई मातृभूमिको साँस्कृतिक, धार्मिक र पर्यटकीय महत्व जानकारी गराउने योजनालाई  निरन्तरता दिने भएको छ ।

समाजले खोटाङमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा कोरोना पीडितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको पनि सचिव देवेन्द्र राईले जानकारी दिए ।

समाजले हरेक तीन वर्षमा एक जनालाई खोटाङ नागरिक सम्मान १ लाख रुपियाँ राशी सहित प्रदान गर्ने गरेको छ भने खोटाङ प्रतिभा सम्मान हरेक तीन वर्षमा एक जनालाई ५० हजार राशीसहित गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री