सादिक खान लण्डन मेयरमा पुन: निर्वाचित

लन्डनका मेयर सादिक खान

लण्डन । सादिक खान लण्डन मेयरमा पुन: निर्वाचित भएका छन् ।

लेबोर पार्टीका उम्मेदवार रहेका खानले कन्जरभेटिभ पार्टीका प्रतिस्पर्धी सान बेलीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

शनिबार घोषित मतपरिणामअनुसार ५५.२ प्रतिशत लोकप्रिय मत पाएका थिए । पहिलोचरणको मतगणनामा दुवैले बहुमत प्राप्त गर्न नसकेपछि लोकप्रिय मतका आधारमा खान निर्वाचित भएका हुन् । बेलीले ४४.८ प्रतिशत मात्र मत पाए । तर उनले गत निर्वाचनमा कन्जरभेटिभले पाएको मतमा १.६ प्रतिशत सुधार गरे ।

खान लण्डनको पहिलो मुस्लिम मेयर हुन् । उनी सन् २०१६ मा पहिलोपटक मेयर निर्वाचित भएका थिए । निर्वाचित भएपछि खानले अझ राम्रो लण्डन बनाउन र लण्डनको उज्वल भविष्यका लागि पर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री