लण्डन । प्रवासी नेपाली एकता मञ्च यूरोपको बिहीबार सम्पन्न बृहत भेलाले नेपालमा कोभिड–१९ संक्रमण विरुद्ध लड्न ५० लाख रुपैयाँको ‘कोभिड–१९ च्यालेञ्ज फण्ड’ खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेञ्ज फण्डबाट नेपालमा अक्सिजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको सम्मानमा फलफुल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिबृद्धिमा लगानी गर्ने घोषणा गरेको हो ।
भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा. पदम सिंखडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाईमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा भएको भेलामा यूरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताहरुको उपस्थिती रहेको थियो ।
भेलामा फिनल्यण्डका अध्यक्ष कोमल पौडेल, स्वीडेनका अध्यक्ष चिरञ्जिवी खरेल, नर्वेका अध्यक्ष विश्वास बजगाई, डेनमार्कका अध्यक्ष शिव चापागाई, जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्यहरु युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्ले क्षेत्री, स्पेनका अध्यक्ष हेम शेर्पा, स्पेनका पुर्व अध्यक्ष तथा एनआरएन यूरोपका डिआरसी मुक्त गुरुङले सुझाब प्रस्तुत गरेका थिए ।
त्यस्तै, पोर्चुगलका अध्यक्ष मदन लिम्वु, साईप्रसका अध्यक्ष लोकराज रोक्कामगर, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, यूकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजंग शाह, पव्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेलगायतले महामारी नियन्त्रणका लागि सुझावहरु प्रस्तुत गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]