लण्डन । कोरोना भाइरसका कारण इङल्याण्डमा दिवंगत आपफ्न्तको मृत्यु संस्कारमा सीमित व्यत्तिफ्मात्र उपस्थित हुन पाइने नियम मे १७ देखि हट्ने भएको छ ।
बेलायतका समुदाय मन्त्री रोबर्ट जेन्रिकले सोको पुष्टि गरेका छन् ।
कोरोना भाइरस विरुद्धको खोपमा बेलायतले पाएको सफलता र भाइरसमाथिको नियन्त्रणका कारण पुरानो नियम हटाइन लागेको हो ।
उनका अनुसार मे १७ देखि अन्तिम संस्कार हुने स्थलको अवस्था हेरी सामाजिक दुरी कायम हुनसक्ने संख्यामा मलामी जान पाइने छ । सम्बन्धित स्थलले कति जनासम्म भेला हुने भन्ने तोक्ने छ तर सरकारले भने कुनै संख्या तोक्ने छैन ।
अहिले अन्तिम संस्कारमा ३० जना मात्र सहभागी हुन पाइने नियम छ । उनीहरुले हात मिलाउन वा अँगालो मार्न पाउँदैनन् ।
सरकारको सो नियमका कारण आफना परिवारका सबै सदस्यहरुले अन्तिम संस्कारमा समेत सामेल हुन नपाएको गुनासो हुँदै आएको थियो भने बेलायतकी महारानीले समेत आफनो
पतिको अन्तिम संस्कार ३० जना मात्रको सहभागितामा गर्नु परेको थियो ।
उता स्कटल्याण्डमा भने अहिले ५० जनासम्म अन्तिम संस्कारमा मलामी जान पाइन्छ । जुनको पहिलो हप्तादेखि त्यो संख्या १०० पुर्याइने योजना बनाइएको छ ।
उता विवाहका लागि भने मे १७ देखि ३० जनासम्म भेला हुन दिइने भएको छ । अहिले सो संख्या १५ जना रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’