लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको महासचिव पदमा एक जना बौद्धिक व्यक्तिले उम्मेदवारी दिने भएका छन । बेलायतस्थित एक विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेको डा. मुकुन्द बास्तोलाले एनआरएनए युकेको आगामी कार्यकाल (२०२१-२०२३) का लागि महासचिव पदमा उम्मेदारी दिने जनाएका हुन् ।
संसारका ८० भन्दा बढी देशमा रहेको गैरआवासीय नेपालीहरुको साझा संस्था संघ मध्ये सवै भन्दा ठुलो एनआरएनए युकेमा विद्यावारिधि गरेका डा बास्तोलाको प्रवेशले सकारात्मक सन्देश गएको छ । ‘सामाजिक संस्थाहरुलाई जिम्मेवार र विश्वसनीय बनाई गैरआवासीय नेपालीको हक अधिकारका लागि डायस्पोराका नेपाली समुदाय सँग समन्वय गरि अघि बढछु’, डा.बास्तोलाले विनेपाली सँग भने, ‘नेपाली समुदाय सँग हातेमालो गर्ने गरि औपचारिक कार्यक्रम मार्फत ठोस योजना सार्वजनिक गर्नेछु । ति योजनाले गैरआवासीय नेपालीलाई एकाकार गराउने छ ।’
कार्डिफ युनिभर्सिटिबाट विद्यावारिधि गरेका डा. बास्तोला विश्वभर प्रख्यात बहुराष्ट्रिय कम्पनी जोन्सन ग्रुप युकेका आर्थिक परामर्शदाताका रुपमा कार्यरत छन् । उनी बेलायतका विभिन्न विश्वविद्यालयमा निरन्तर खोज तथा अनुसान्धनमा सकृय छन । बास्तोला आर्थिक तथा शैक्षिक मामलामा विशेष ज्ञान राख्छन ।
गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिलाउन निरन्तर काम गरिरहेका डा.बास्तालाले नेपाल सरकार सँग नियमित सम्पर्कमा रहि काम गरिरहेका छन । डा बास्तोलाकै पहलमा गत महिना नागरिकता निरन्तरताका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा त्यस क्षेत्रका विशेषज्ञहरु सँग अन्तरक्रिया भएको थियो ।
सामाजिक संस्थामा संलग्नता
डा. बास्तोला युरोपियन नेपाली अनुसन्धान परिषद्का अध्यक्षका रुपमा कार्यरत पनि छन । त्यसबाहेक बेलायतवासी नेपाली समुदायको पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका महासचिवका रुपमा सामाजिक काममा सकृय छन । कास्की स्थायी घर भएका डा. बास्तोला कास्की आदर्श समाज अन्तरराष्ट्रिय परिषद्ममा आवद्ध तथा बेलायतस्थित ग्राजुयट इन्टरपेनर्सहरुको संस्था जेन्स युकेका सल्लाहकार हुन् ।
एनआरएनए युकेका सल्लाहकार तथा सन् २००९ बाट निरन्तर रुपमा सकृय डा. बास्तोला एनआरएनए युके राज्य समन्वय विभागका संस्थापक सचिव हुन । स्मरण रहोस, एनआरएनए युकेका चार राज्य समन्वय परिषद् गठनमा २०१७ -२०१९ मा ठुलो भुमिका खेलेका थिए ।
बेलायतमै बसेर जन्मभुमि नेपालमा लगानी गर्ने र नेपालीलाई रोजगारी दिलाउन नेप्लिज कोअपरेटिभ ग्रुप (एनसिआई) मार्फत उनले काम गरिरहेका छन उनी एनसिआईका महासचिव छन । उक्त संस्थाले नेपालमा सोलार पावर, अर्गानिक फार्मलगायतका क्षेत्रमा लगानी गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने