मंगलबार, जेठ ४ २०७८ | Tue, May 18, 2021
नेपालको समय: ०१:१० | UK Time: 20:25

एनआरएनए युकेले नयाँ नेतृत्वका लागि आज निर्वाचन मिति तय गर्ने

वीनेपाली
२०७८ वैशाख १७ गते १३:२६

लण्डन । गैरआवासीय नेपालीसंघ (एनआरएनए ) युके आज शुक्रबार बस्न लागेको कार्यसमितिको पुर्ण बैठकले निर्वाचन मिति तयलगायतका महत्वपुर्ण बिषयमा निर्णय गर्ने भएको छ । शुक्रबार साँझ भर्चुअल रुपमा बस्न लागेको कार्यसमितिको पुर्ण बैठकले निर्वाचन मिति, निर्वाचन समिति गठन र सदस्यता प्रमाणिकरणउक्त एजेण्डामा छलफल गरि निर्णय लिन लागेको हो ।

एनआरएनए युके अध्यक्ष पुनम गुरुङले कार्यसमितिका सदस्यहरुलाई पठाएको बैठक एजेण्डामा संस्थाको निर्वाचन मिति, निर्वाचन समिति गठन, सदस्यता प्रमाणिकरण, राज्य समन्वय परिषद, निर्वाचन प्रक्रियालगायतका बारेमा रहेको एक सदस्यले बताए । बैठक साँझ ६ बजेर ३० मिनेटमा भर्चुअल जुममा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक