लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पदका उम्मेदवारमा इंग्ल्याण्ड राज्य समन्वय परिषद्बाट माथि उक्लिँदै दीपक श्रेष्ठ केन्द्रीय मैदानमा आएका छन् ।
आगामी जुलाईमा हुने नयां नेतृत्वका लागि अध्यक्ष आकांक्षीहरुमध्ये राज्य समन्वय परिषद्बाट केन्द्रीय मैदानमा उत्रिने हालसम्म उनी एक्ला उम्मेदवार हुन् । श्रेष्ठ एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष छन् । यसअघि दुई पटक उपाध्यक्ष भैसकेका प्रेम गाहामगर, उपाध्यक्षहरु सुनिलबाबु खड्का र रोजिना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवार बन्ने बताइसकेका छन् ।
एनआरएनए अभियानमा सक्रिय श्रेष्ठ एनआरएनए यूकेकै कार्यसमिति कोषाध्यक्ष र सदस्य भएर काम गरिसकेको अनुभव छ । गत निर्वाचनबाट एनआरएनए युके चार राज्य समन्वय परिषद्मा विस्तार भएपछि उनले सबैभन्दा ठूलो इंग्ल्याण्ड राज्य समन्वय परिषद्को नेतृत्व गर्न पुगे । एनआरएनए युके सदस्यबाट सुरु गरेको यात्रालाई श्रेष्ठले अध्यक्ष जस्तो नेतृत्वदायी भूमिका निर्वाह गरी नयाँ योजना घोषणा गर्ने जनाए ।
बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्षको जिम्मेवारी लिएर सामाजिक क्षेत्रमा आफूलाई स्थापित गरिसकेका श्रेष्ठ नेपाली समुदायलाई ऐतिहासिक योजना पस्कने तयारीमा छन् । त्यसको लागि आफ्नो हातमा एनआएनए युकेको नेतृत्व आए योजना कार्यान्वयनमा सघाउ पुग्ने विश्वास उनको छ । इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष रहँदा कोरोना संक्रमणमा परेका नेपाली समुदायलाई गरेका मानवीय कार्यहरुमध्ये कोभिड राहत कोषको जिम्मा लिएर एनआरएनए युकेमार्फत नेपाली समुदायलाई ठूलो सहयोग गर्ने मानवीय कार्यको नेतृत्व गरे ।
बेलायत कोरोना महामारीका कारण लकडाउनमा परेका विश्वविद्यालयमा विद्यार्थीहरुलाई आर्थिक सहयोगसहित बासको व्यवस्था गर्ने कार्यमा अहोरात्र खटिए । श्रेष्ठले कोरोनाको संक्रमणका बेलामा पनि नेपाली समुदाय भनेपछि सहयोगका लागि सधै अग्रपंक्तिमा रही आर्थिक सहयोग गरे । २१ मार्चको जनगणनामा नेपालीको पहिचान स्थापित गराउन एनआरएनए युकेले उनलाई नै विशेष अभियानको जिम्मेवारी दियो । आफ्नो जिम्मेवारीलाई ठोस रुपमा कार्यान्वयन गर्न उनले बेलायतभरका नेपाली समुदायलाई एकीकृत गरी जनगणनामा सामेल गराए । युवा पुस्तालाई नेपालीको पहिचान स्थापित गर्ने सवालमा परिचालन गर्दै समुदायले देख्ने गरी काम गरेर आफूलाई स्थापित गरेको उनको बुझाइ छ ।
बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने परम्परा शुरु गरे । भारतले बुद्ध आफ्नो देशमा जन्मिएको भ्रमलाई अन्तर्राष्ट्रिय स्तरमा निराकरण गर्न सो अभियान शुरु गरेको उनको भनाइ छ । जसमा बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायतलगायतका सहयोग रहँदै आएको छ ।
त्यसबाहेक बुद्ध फाउण्डेसन यूकेले कपिलवस्तुमा वुद्ध वृद्धाश्रम पनि निर्माण गरिरहेको छ ।
हालै राज्य समन्वय परिषदले लन्डन वुलवीच–ब्राइटन च्यारिटी साइकल यात्रा गर्यो । उक्त कार्यक्रम मार्फत संकलित रकममध्ये हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एक लाख ९२ हजार रुपैयां हस्तान्तरण गरिसकिएको छ ।
यसैगरी परिषदले ‘नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकता निरन्तता’ बारे एक अन्तरक्रिया गरी अल्डरसट सुझावपत्र जारी गरेको छ ।
‘सामाजिक कार्यलाई निरन्तरता दिन संघ संस्था र नेपाली समुदायका अगुवाहरुको आग्रहमा एनआरएनए यूकेको नेतृत्वका लागि तयार भएको हु’, उनले भने ।
बेलायतमा युवा नेपाली व्यवसायीका रुपमा स्थापित श्रेष्ठले व्यवसायसँगै सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् । लण्डनको दक्षिण पूर्वमा बसोवास गर्दै आएका श्रेष्ठले फार्मेसी, क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसायमा लगानी गरेका छन् । नेपालमा बेलुन नेपाल प्रा. लि., लुम्बिनी क्रसर प्रा. लि., हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. मार्फत जन्मभूमि नेपाललाई आर्थिक सहयोग पुर्याइरहेका छन् ।
एनआरएनए युके सदस्यता ड्राइभको अभियानमा लागेका श्रेष्ठले औपचारिक रुपमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा र प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जनाए।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने