लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष पुनम गुरुङले संस्था भित्रको विवादका बारेमा छलफल गर्न ‘संरक्षक मण्डल’ को बैठक डाकेकी छिन् । एनआरएनए युके विघटनको संघारमा पुगेको ठान्दै संस्था बचाउन र संस्थाको हितमा समस्याको समाधान गर्न संरक्षक मण्डलको भुमिका खोज्दै उनले विशेष बैठक डाकेकी हुन् ।
भर्चुअल रुपमा जुम मार्फत मंगलबार चार बजे आयोजना गरिने बैठकले संस्था भित्रको अप्ठ्यारो परिस्थितिलाई निकासमा पुर्याउन सहयोग पुग्ने अपेक्षा उनको छ । अध्यक्ष गुरुङले संरक्षक मण्डललाई बैठकका लागि लेखिएको सूचनामा पूर्वकार्यसमिति र वर्तमान कार्यसमितिका जिम्मेबार साथीहरुले नै वर्तमान र पूर्वअध्यक्षलाई मानहानी हुने गरि अदालतमा मुद्दा दर्ता गरि एनआरएनएको जन्मभूमि बेलायतमा पहिलो पटक कानुनी प्रक्रियामा जानु दुखदायी बिषय भएको उल्लेख गरेकी छिन् ।
एनआरएनए युके संरक्षक मण्डलमा प्रमुख संरक्षक मे रि. डम्मर घले तथा संरक्षकहरुमा महन्त श्रेष्ठ, अशोक श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन वहादुर क्षेत्री, महेन्द्र कंडेल, मुछेत्र गुरुङ र योगकुमार फगामी छन् ।
एनआरएनए युके भित्र आर्थिक अनियमितता बिषयको मुद्दा डार्टफोर्ड काउन्टी कोर्टमा विचराधिन छ । संस्थापन पक्ष विरुद्ध चार उपाध्यक्षसहित ६ जना आर्थिक पारदर्शिताको बिषयमा कानुनी लडाइमा रहेका छन् ।
‘हाम्रो लडाई संस्था विरुद्ध हैन, खराब प्रवृत्ति विरुद्ध’
यता, एनआरएनए युकेका चार जना उपाध्यक्षहरुले एनआरएनए युके विरुद्ध नभई संस्था भित्रको खराब प्रवृत्ति विरुद्ध आफ्नो लडाइ भएकाले भ्रममा नपर्न बेलायतवासी नेपाली समुदायलाई अपिल गरेका छन् । आइतबार भर्चुअल रुपमा खुला बहस गरेका चार उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेलले संयुक्त रुपमा आफु निर्वाचित संस्था र निर्वाचित गराउने नेपाली समुदाय प्रति सम्मान रहेको जनाए । उनीहरुले सामाजिक संस्थालाई कमाई खाने भाडो बनाउने प्रबृत्तिका विरुद्धको लडाइमा साथ दिन सबैलाई अनुरोध पनि गरे ।
नयाँ सदस्यका लागि आवेदन दिनेलाई प्रमाणीकरण गर्न पाउनु पर्नेलगायतका माग सहित एनआरएनए युरोप क्षेत्रीय संयोजकलाई समेत उनीहरुले पत्राचार गरेका थिए । क्षेत्रीय संयोजक नारायण आचार्यले पनि समस्या समाधानका लागि अध्यक्ष गुरुङलाई जवाफी पत्र लेखेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]