लण्डन । बेलायत सरकारले भारतमा बढ्दो कोभिड संक्रमणका कारण आजदेखि भारतलाई रातो सूचीमा राखेको छ ।
आज बिहान ४ बजेपछि भारतबाट बेलायत आइपुग्नेहरुले सरकारले तोकिदिएको होटलमा १० दिन क्वारेन्टीनमा बस्न पर्नेछ । यसरी क्वारेन्टीमा बस्दा प्रतिव्यक्ति १७५० पाउण्ड लाग्छ भने सोही कोठमा अर्को बयस्क वा ११ वर्षमाथिको मानिस बस्नपरेमा थप ६५० पाउण्ड तिर्नपर्ने हुन्छ । ५ देखि ११ वर्षसम्मका लागि भने प्रतिव्यक्ति ३२५ पाउण्ड मात्र लाग्नेछ ।
यसैगरी, रातो सूचीमा परेका कारण भारतबाट बेलायत वा आयरल्याण्डको नागरिक वा बसोबासको इजाजत प्राप्त व्यक्तिले मात्र बेलायत आउन पाउने छन् ।
हालसम्म बेलायतका विभिन्न महादेशका ४० देशहरुलाई रातो सूचीमा राखेको छ ।
भारतमा हाल विश्वमै सबैभन्दा द्रुतगतिमा कोभिड संक्रमण फैलिएको छ भने मृत्युदर पनि उच्च रहेको छ । विहीबार मात्र ३ लाख भन्दा बढी नयाँ संक्रमितहरु भेटिएका छन् भने करिब २२सयको कोभिडका कारण ज्यान गएको छ ।
कोभिडका कारण भारतका चर्चित बामपन्थी नेता सीताराम यचुरीका पुत्रको निधन भएको छ भने चर्चित संगीतकार श्रवणको पनि निधन भएको छ ।
संक्रमणका कारण अस्पताल भर्ना उच्च देखिएको छ भने राजधानी दिल्लीकै अस्पतालहरुमा अक्सिजनको अभाव भएको रिपोर्ट सार्वजनिक भएको छ । भारतमा अक्सिजन अभावका कारण नेपालबाट समेत भारततर्फ अक्सिजन गइरहेको पनि समाचार आइरहेका छन् ।
बेलायतमा विहीबार मात्र थप ५५ वटा भारतमा स्वरुप बदलेका कोरोनाभाइरस पाइएको बताइएको छ । बी डट वान सिक्स वान सेभेन नाम दिइएको सो भाइरसको करिब १३० वटा केस बेलायतमा फेला परिसकेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’