लण्डन । बेलायतका लागि नवनियुक्त राजदुत लोकदर्शन रेग्मीसित गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को एक प्रतिनिधि टोलीले भेट गरी गोरखा भूतपूर्व सैनिकका समस्या यथाशीघ्र समाधानका लागि माग गरेको छ ।
गेसोका कार्यबाहक सभापति धर्मबहादुर तामाङको नेतृत्वमा गएको सो टोलीले राजदुत रेग्मीका साथै उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदारलाई बेलायतमा स्वागत, नयाँ वर्षको शुभकामनाका साथमा गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा ध्यानाकर्षण गराएको थियो ।
गेसो प्रतिनिधि मण्डलले गोरखाहरुको समस्याका बारेमा बनेको प्राविधिक समितिले बनाएको १३ बुँदे प्रतिवेदनको कार्यान्वयनका लागि माग गरेका थिए भने राजदुत रेग्मीले गोरखाहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका थिए ।
टोलीमा गेसोका महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन, सचिवालय सदस्य तथा प्राविधिक समितिका सदस्य नरहाङ राई, केन्द्रीय सदस्य मानबहादुर गुरुङ सहभागी थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]