लण्डन । कोरोनाभाइरसका कारण लकडाउनमा रहनु परे पनि बेलायतको आर्थिक वृद्धिदरमा वृद्धिको संकेत देखिएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरी महिनामा बेलायतको अर्थतन्त्र जनवरी महिनाको तुलनामा शुन्य दशमलव ४ प्रतिशतले बढेको पाइएको छ ।
ओएनएसकै अर्को तथ्यांकअनुसार ब्रेक्जिटपछिको दोस्रो महिनामा युरोपियन मुलुकहरुसितको निर्यातमा ३.७ बिलियन पाउण्डले बढेको पाइएको छ । जबकि जनवरीमा ब्रेक्जिटका कारण निर्यात ५.७ बिलियन पाउण्ड घटेको थियो । तर युरोपियन मुलुकहरुबाट आयात भने फेब्रुअरी महिनामा १.२ बिलियन पाउण्ड बराबरको मात्र भएको छ । जनवरी महिनामा सो आयात ६.७ बिलियनले घटेको थियो ।
कोरोनाभाइरसका कारण बेलायतमा लकडाउन लगाइएकोले बेलायतको अर्थतन्त्र सामान्य अवस्थामा आउन भने धेरै बाँकी छ । फेब्रुअरी महिनाको सुधार पनि रोयटरले अनुमान गरेको प्रक्षेपणभन्दा कम्ती देखिएको छ । रोयटरले फेब्रुअरीमा शुन्य दशमलव ६ प्रतिशतले सुधार हुने अनुमान गरेको थियो ।
आइएनजीका अर्थशास्त्री जेम्स स्मिथले सन् २०२१ को दोस्रो चौमासिकमा कुल ग्राहस्थ्य उत्पादनमा ४ देखि ५ प्रतिशतसम्म सुधार हुनसक्ने अनुमान गरेका छन् । ठूलो संख्यामा खोप दिइएको र सोमबारदेखि व्यापारहरु खुला गरिएकाले अर्थतन्त्रमा व्यापक सुधार हुनसक्ने आशा गरिएको हो ।
फेब्रुअरीमा निर्माण क्षेत्रमा १.६ प्रतिशतले सुधार आएको छ भने उत्पादन क्षेत्रमा १.३ प्रतिशत बढेको छ । तथापि सन् २०२० को फेब्रुअरी महिनाको तुलनामा बेलायतको अर्थतन्त्र अझै ७.८ प्रतिशतले खुम्चिएको छ ।
ब्रेक्जिटका कारण बेलायत र युरोपियन युनियनबीचको व्यापारमा आएको कमी पनि अझै पूर्ति हुन सकेको छैन । फेब्रुअरी महिनामा केही सुधार भए पनि गत डिसेम्बरको दाँजोमा अझै निर्याततर्फ १५ प्रतिशत कमी छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने