लण्डन । बेलायत सरकारले कोरोना भाइरसको महामारीका कारण लागू गरेको लकडाउनबाट जनजीवन सहज बनाउने क्रममा आजदेखि बेलायतमा धेरै व्यवसाय र सेवाका क्षेत्रहरु खुला गरिँदैछन् ।
सरकारको दोस्रो चरणको योजनाअनुसार आजदेखि इङल्याण्डमा सबै किसिमका पसलहरु खोल्न पाइने छ । यसअघि अत्यावश्यक सामग्री बिक्री गर्ने पसलहरुलाई मात्र खोल्न दिइएको थियो । यसका साथै सोमबारदेखि कपाल काट्ने सैलुनहरु, ब्यूटीपार्लरहरु जस्ता ग्राहकलाई समीपबाट सेवा दिइने क्षेत्रहरु खोल्न पाइने छ ।
यसैगरी चिडियाखाना, जिमहरु, स्पाहरु, पुस्तकालयहरु, सामुदायिक केन्द्रहरु, म्यूजिमहरु पनि खुल्ने छन् । रेस्टुरेन्ट र पवहरुले पनि आप्mनो परिसरबाहिर ग्राहकलाई राखेर खाना तथा पेयपदार्थ बेच्न पाउने छन् । यसअघि त्यहाँ बसेर खान दिइएको थिएन । रेष्टुरेन्ट वा पवहरुबाट खाना किनेर घरमा वा अन्यत्रै गएर खान पर्दथ्यो ।
यस्तै, एउटै घरका सदस्यहरुलाई इङल्याण्डभित्र अरुसित नमिसिने गरी विदा मनाउन जान पनि खुला गरिएको छ । साथै, यसअघि अत्यावश्यक कार्यहरु जस्तै काम, अत्यावश्यक सामग्रीहरु वा औषधि किन्न, उपचार वा शारिरीक व्यायामका लागि मात्र घरबाहिर निस्कन दिइएको र त्यसरी निस्कँदा स्थानीय क्षेत्रमा सीमित हुनुपर्ने नियम रहेकोमा त्यसलाई हटाइएको छ । सोमबारदेखि इङल्याण्ड र वेल्समा अत्यावश्यक कामबाहेक पनि यात्रा गर्न पाइने छ ।
सोमबारदेखि वैवाहिक समारोहमा १५ जनासम्म भेला हुन पाइने छ भने अन्तिम सँस्कारमा ३० जनालाई सहभागी हुन दिइएको छ । यसअघि विवाहमा छजना मात्र जम्मा हुन अनुमति दिइएको थियो । यसैगरी, बालबालिकाका लागि हलभित्र हुने क्रियाकलापहरु पनि सोमबारदेखि खुला गरिएका छन् ।
सोमबारबाट नै केयर होममा बसोबास गरिरहेका मानिसहरुका दुई जनासम्म आफन्तलाई भेटघाट गर्न दिइएको छ ।
सवारीसाधन चलाउन दिइने कक्षाहरु पनि सोमबारदेखि शुरु गर्न पाइने छ भने अप्रिल २२ देखि सवारीसाधन चलाउने परीक्षा पनि दिन पाइने छ ।
उता वेल्समा पनि सोमबारदेखि विद्यालय, कलेज र विश्वविद्यालय खुला गरिएका छन् । यस्तै सबै किसिमका पसलहरु र ग्राहकलाई नजिकबाट सेवा दिइने सेवाका क्षेत्रहरुलाई पनि खोल्न अनुमति दिइएको छ । यसअघि अन्यत्रबाट वेल्समा यात्रा गर्न लगाइएको प्रतिवन्ध सोमबारदेखि नै खारेज गरिएको छ भने सवारीसाधन चलाउन सिक्ने कक्षा सुचारु गर्न पाइने भएको छ ।
उत्तरी आयरल्याण्डमा भने खुल्न बाँकी रहेका सबै विद्यालयहरु सोमबारदेखि खुल्नेछन् । त्यहाँ घरमै बसौँ भन्ने सोमबारदेखि नियमलाई खुकुलो बनाइएको छ । साथै, अत्यावश्यकीय वस्तुहरु बाहेकका अन्य सामग्रीहरु बेच्ने पसलहरुलाई सोमबारदेखि फोन वा अनलाइनबाट अर्डर लिएर संकलन गर्न पाउने सेवा दिन अनुमति दिइएको छ । यसैगरी १५ जनासम्म सहभागी हुने खेल शुरु गर्न पाइने छ भने दुई घरका सदस्यहरु र १० जनासम्म घरबाहिर भेट्न पाइने छ ।
स्कटल्याण्डमा भने सोमबारदेखि सबै तहका शैक्षिक संस्थाहरु क्रमशः खुला गरिँदै लगिने कार्यक्रम छ ।
स्मरण रहोस्, अझै पनि एकाघरका सदस्यबाहेक अन्य व्यक्तिलाई घरभित्र भेट गर्न भने अनुमति दिइएको छैन ।
बेलायत सरकारले गत डिसेम्बरदेखि लागू गरेको लकडाउनलाई यसपटक दीर्घकालका लागि हटाउने योजना बनाएको छ । जसअनुसार पहिलो र दोस्रो चरणको योजना लागू भइसकेका छन् भने बाँकी योजनाहरु तेस्रो चरण मे १७ मा र चौथो चरण जुन २१ मा लागू गरेपछि बेलायतमा लकडाउनको अन्त्य हुनेछ ।
तर युरोपका छिमेकी मुलुकहरुमा फैलिँदै गरेको कोरोना भाइरस संक्रमणको नयाँ लहरबाट बेलायत कति अछूतो रहन सक्छ त्यसमै बाँकी योजनाहरु भर पर्नेछन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’