लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको बलियो भावी अध्यक्षका रुपमा वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले आफुलाई प्रस्तुत गरेका छन् ।
एनआरएनए युके गोर्खा विभागद्वारा गत २७ मार्चमा भर्चुअल रुपमा आयोजित कार्यक्रममा प्रमुख भूतपूर्व गोर्खा संगठनका नेताहरुलाई जमघट गराउंदै उनीहरुको हस्ताक्षर सहितको पत्र ब्रिटिश प्रधानमंत्री तथा नेपाल सरकारलाई पठाए पछि उनलाई एनआरएन युकेको बलियो अध्यक्षको प्रत्यासीको रुपमा रुपमा हेर्न लागिएको हो ।उपाध्यक्ष गाहामगरले छिट्टै पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा एनआरएनए युकेको भावि अध्यक्ष पदका प्रत्याासीको रुपमा उभिने बताए ।
यता, एनआरएनए युकेले भूतपूर्व गोर्खा सम्बन्धी कार्यक्रमको बैधानिकता माथि प्रश्न उठाउंदै उपाध्यक्ष गाहामगरले संस्थाको लेटरप्याड दुरुपयोगको आरोप लगाएको थियो । विज्ञप्तीमा संघले कार्यक्रमको जिम्मा नलिने जनाएको थियो । एनआरएनए युके संस्थापन पक्षको बिज्ञप्तीको कुनै असर परेको देखिएन । गोर्खा विभागका प्रमुख तथा एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरले भर्चुअल जुम मार्फत भूतपूर्व गोर्खाहरुले भोगिरहेका समस्याका बारेमा ६ वटा संगठनलाई ल्याएर भव्य अन्तरक्रिया गरे ।
जसमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक अध्यक्ष धर्मबहादुर तामाङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्युएस) का उपाध्यक्ष बिदुर पाख्रिन, गोरखा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राई, ब्रिटिश नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा) का अध्यक्ष केशबहादुर गुरुङ, बीगेसोका अध्यक्ष पद्मसुन्दर लिम्बु र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समितिका संयोजक थर्कबहादुर राना सहभागी थिए ।
उक्त जमघटमा गोर्खा ब्रिग्रेडमा सेवा गरेका र हाल नेपालमा बसोबासरत अवकासप्राप्त कर्नेल जे पी क्रस ओविईले गोर्खाहरुको न्यायका लागि बेलायत सरकारलाई अपिल गरेका थिए । उक्त अन्तरक्रियामा बेलायतस्थित ठूलो संस्था तमु धिं युकेलगायतले सकृय सहभागीता जनाए। एनआरएनए युकेको चुनावमा गोर्खा मुद्दाले ठूलो असर पार्छ ।
एनआरएनए युके गोर्खा बिभागले नेपाल सरकार र बेलायत सरकारसँग समन्वय गरी भूतपूर्ब गोर्खाको समस्या समाधान गर्न ठोस पहल गर्ने निष्कर्ष निकालेको छ ।
दुइ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका गाहा मगर आफुले बोलेको कुरा पुरा गरि छाड्ने बताए । उनले अझै औचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन्, तर टिम बनाउन गृहकार्य गरिरहेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’