लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके कार्यसमिति (२०१७-२०१९) ले आर्थिक अनियमिततालाई स्वीकार गरेको छ । एनआरएनए युकेले गठन गरेको आर्थिक अनियमितता छानविन समितिले शनिवार भर्चुअल रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्वअध्यक्ष योगकुमार फगामीले निर्वाचनमा भएका विवादका कारण क्यास रकम चलाउनु पर्ने बाध्यता सिर्जना भएकाले आफ्नो कार्यसमितिबाट केही कमजोरी भएको स्वीकार गरेका हुन् ।
वर्तमान अध्यक्ष पुनम गुरुङ फगामीको कार्यसमितिमा उपाध्यक्ष थिइन ।
‘कोषाध्यक्ष नेपाल गएको र तत्कालिन कार्यसमितिका धेरै साथीहरु निर्वाचनमा होमिएकाले नगद रकम चलाउनु पर्ने बाध्यता भएको हो’, उनले छोटो मन्तव्यमा भने , ‘पत्रकारहरुले हामीलाई निरन्तर खवरदारी गरेर राम्रो काम गरिरहेका छन । त्यसका लागि पत्रकार साथीहरुलाई धन्यवाद दिन्छु ।’ पत्रकार सम्मेलनमा छानविन समिति संयोजक एलएन पाण्डे, सदस्यद्वय डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङले पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यसमिति माथि उठेका प्रश्नका जवाफ महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोक्का तथा पुर्वअध्यक्ष योगकुमार फगामीले दिएका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले वर्तमान कार्यसमितिले छानविन समितिको दिएका सुझाबलाई मनन् गरि कार्यकाल सकिनु अघि आर्थिक कारोबार पारदर्शिता अपनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले त्यसका लागि चार्टर एकाउन्टेन्ट एलएन घिमिरेसहितको पाँच जनाको टोलीले वर्तमान कोषाध्यक्ष तेजन्द्र रोक्ता सँग मिलेर काम गरिरहेको जानकारी समेत दिइन । तत्कालिन निर्वाचन सहआयुक्त शिवजी श्रेष्ठले स्कटल्याण्ड जाँदा प्रमुख निर्वाचन आयुक्त रि. मे. डम्मर घले र आफुले करीव ४ सय पाउण्ड हवाइजहाज भाडा लिएको बताए । ‘मैले र डम्मर घलेजीले काम छाडेर त्यहाँ जाँदा हवाइजहाज भाडा लिएका हौ’, उनले भने
समिति सदस्य डा. बास्तोलाले संचालन गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु, वरिष्ठ पत्रकार भागीरथ योगी, पत्रकार विपीन निरौला, बाचस्पति रेग्मी, आइसीसी सदस्य रामशरण सिंखडा, पुर्व कोषाध्यक्ष सचिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने