सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डमा छन्त्याल

लण्डन । सगरमाथा गोर्खा नेपाली कम्युनिटीको अध्यक्षमा कप्रसाद छन्त्याल निर्वाचित भएका छन् ।
कम्युनिटीको शनिबार सम्पन्न नवौँ अधिवेसनले छन्त्यालको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमितिको चयन गरेको हो ।
छन्त्याल यसअघि सो कम्युनिटीको वरिष्ठ उपाध्यक्ष थिए ।
समितिको वरिष्ठ उपाध्यक्षमा डमर सिंगक लिम्बु, उपाध्यक्षहरुमा सीता पुन, रामप्रसाद लिम्बु, मोहन लिम्बु, चिरन राई महासचिवमा शैलेन्द्र नाल्बो लिम्बु, सचिव ईन्जिनियर जनक राई, सहसचिव चन्द्रगोपाल (लहाङ) चेम्जोङ, कोषाध्यक्षमा विकास लिम्बु, सहकोषाध्यक्ष राईबहादुर लिम्बु, साँस्कृतिक सचिवमा थीर थापा, साँस्कृतिक सहसचिवमा याङजी शेर्पा, महिला अध्यक्षमा विमला लिम्बु, युवा अध्यक्षमा शिखर लिम्बु निर्वाचित भएका छन् ।
मिडिया सेक्रेटरीमा अमित थेबे, मिडिया सहसचिवहरुमा राम श्रेष्ठ र नयन्द्र राई, जनसम्पर्क सचिवमा भक्त राई, जनसम्पर्क सहसचिवमा बेनकुमार आसामी, खेलकुद सचिवमा पदम योङहाङ, खेलकुद सहसचिवमा रविन परियार, प्रोपर्टी सचिवमा कुलप्रसाद थाम्सुहाङ, प्रोपर्टी सहसचिवमा जयविक्रम राई, सदस्यहरुमा देविन्द्रकुमार गुरुङ, नुनबहादुर थापा, चित्रबहादुर सुनुवार, शम्भु थापा र विकास देवकोटा रहेका छन् ।
महिला समितिको वरिष्ठ उपाध्यक्षमा उमा गुरुङ, उपाध्यक्षमा प्रेमकुमारी गुरुङ, सचिवमा रोमा परियार, सहसचिवमा कल्पना राई, कोषाध्यक्षमा भुवानी सुनुवार, सहकोषाध्यक्षमा रेवती देवान, साँस्कृतिक सचिवमा अलिसा राई, साँस्कृतिक सहसचिवमा शारदा पुन, मिडिया सचिवमा मीना राई (निर्मला), मिडिया सहसचिवमा राधिका लामा, सदस्यहरुमा अञ्जना राई, रीता लिम्बु, हेमा लिम्बु, दीपा राई लिम्बु, प्रमिला मादेन, पूजा थापा राई, अस्मिता मल्ल, रेविका अर्याल जिमी, कमला लाबुङ लिम्बु, सृजना श्रेष्ठ, निलकुमारी राई, जयशीला राई, तारा गुरुङ, हेमाकुमारी ढेँगा, श्रीकला थाम्सुहाङ, निमा शेर्पा, कौशिला सुनुवार र लीलाकुमारी राई छन् ।
युवा कमिटीका उपाध्यक्षमा योगेन्द्र तबाहाङ, सचिवमा निरभ गुरुङ, कोषाध्यक्षमा सन्दिप राई, खेलकुद सचिवमा सचिन चाम्लिङ राई रहेका छन् ।
कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव रामप्रसाद लिम्बु, कोषाध्यक्ष मोहन लिम्बुले आर्थिक प्रतिवेदन, प्रोपर्टी सचिव पपीराज राईले प्रोपर्टी प्रतिवेदन पेश गरेका थिए ।
नयाँ कार्यसमिति चयनका लागि सिरीप्रसाद लिम्बु, पपीराज राई, श्रीमती शान्ति तामाङ र बालकुमारी गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री