लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र राज्य समन्वय परिषद्हरुको निर्वाचनले बिस्तारै गति लिन सुरु गरेको छ । सामाजिक संजालमा अनलाइन मार्फत फारम भरेका तस्बिरहरु पदका आकांक्षीहरुले सार्वजनिक गर्न थालेका छन ।
बिगतमा जस्तो पेपर फारम भर्नको सट्टा यस पटक अनलाइन मार्फत फारम भर्ने झन्झटिलो व्यवस्थाले सामाजिक संजाल मार्फत सदस्यता लिन अनुरोध गर्ने खालेको भ्यासेज डेलिभरी गर्न थालिएको हो । एनआरएनए युके उपाध्यक्ष सुनिल वावु खड्काले ‘राजनैतिक परिवर्तन केबल एउटा घोषणाबाट हुन सक्छ । तर सामाजिक परिवर्तन निश्चिय नै समय लाग्न सक्छ । आउनुहोस यस सामाजिक परिवर्तनको दर्शक हैन अभियन्ता बनौ’ भन्दै फेसवुकमा लेखेका छन ।
त्यस्तै, इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष दिपक श्रेष्ठले पनि सामाजिक संजालमा ‘आफ्नो रोजाईको नेतृत्व चयन गर्न सदस्यता लिन’ आग्रह गरेका छन । त्यस्तै, उपाध्यक्ष रोजीना प्रधान राईले सामाजिक संजाल मार्फत नै एनआरएनए युकेमा नयाँ नेतृत्व चयनका लागि सदस्यता फारम भर्नका लागि अनुरोध गरेकी छिन ।
अर्का उपाध्यक्ष प्रेम गाहामगरले बेलाभरमा रहेको भुतपुर्व गोर्खाहरुलाई एक ठाउँमा जमघट गराई उनीहरुको समस्याका बारेमा नेतृत्व गर्ने घोषणा गरिसकेका छन । उनले सामाजिक संजालमा भन्दा पनि फोन मार्फत समाजका अगुवाहरुसँग सदस्यताका ड्राभइका बारेमा कुराकारी गरिरहेका छन ।
एनआरएनए युकेमा अध्यक्ष पदका आंकाक्षीहरु धेरै रहेपनि औपचारिक रुपमा कसैले उम्मेदवारी घोषणा गरेका छैनन । सदस्यता संख्या बढी भन्दा बढी बनाई नेतृत्वमा दावी गर्ने विगतको प्रचलनलाई भने यस पटक अनलाईन फारमले अप्ठ्यारो पार्ने देखिन्छ । पुर्व गोर्खा परिवारजनहरु बृद्धबृद्धा भएको र स्मार्ट डिभाइस समेत नचलाउने भएकाले आगामी दिनमा समस्या आइपर्ने आशंका गरिएको छ । यद्यपी आफ्नै भोट घट्ने अवस्था आए यो प्रावधानलाई खुकुलो बनाउने सोचमा संस्थापन रहेको स्रोतले बतायो ।
एनआरएनए युकेले डेस्कटप वा ल्यापटपमा members.nrna.org टाईप गरी देशमा UK छानेर सदस्यता फाराम भर्न सकिने बताइएको छ । सदस्यता आवेदन गर्दा परिचयपत्र र ठेगाना खुल्ने कागजात अपलोड गर्न पर्ने बताइएको छ । सदस्यता आवेदन गर्ने मिति १ अप्रिलदेखि १० जुन २०२१ सम्म तोकिएको छ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’