लण्डन । कोभिड १९ को महामारीका बीच बेलायतले ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
पछिल्लोपटक यात्रा प्रतिबन्धमा थपिने राष्ट्रमा फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेश छन् ।
यी राष्ट्रमा कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपमा वृद्धि भएको छ ।
बीबीसीका अनुसार बेलायतले यात्रा प्रतिबन्धको निर्णय केही घण्टाको पूर्व सूचनामा समेत लगाउन पाउनेछ । उक्त निर्णयको कार्यान्वयन आगामी शुक्रबारदेखि लागू हुनेछ ।
बेलायतले कोभिड १९ को नयाँ संस्करणको सङ्क्रमण रोक्न यात्रा प्रतिबन्ध पछ्याएको छ । उक्त प्रतिबन्ध लगाइने राष्ट्रलाई बेलायतले रातो सूचीमा राखेको छ ।
रातो सूचीमा हुने मुलुकहरुबाट बेलायत आउँदा अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]