थप चार मुलुकबाट बेलायत आउन प्रतिबन्ध

लण्डन । कोभिड १९ को महामारीका बीच बेलायतले ४० देशका नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लोपटक यात्रा प्रतिबन्धमा थपिने राष्ट्रमा फिलिपिन्स, पाकिस्तान, केन्या र बङगलादेश छन् ।

यी राष्ट्रमा कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपमा वृद्धि भएको छ ।
बीबीसीका अनुसार बेलायतले यात्रा प्रतिबन्धको निर्णय केही घण्टाको पूर्व सूचनामा समेत लगाउन पाउनेछ । उक्त निर्णयको कार्यान्वयन आगामी शुक्रबारदेखि लागू हुनेछ ।

बेलायतले कोभिड १९ को नयाँ संस्करणको सङ्क्रमण रोक्न यात्रा प्रतिबन्ध पछ्याएको छ । उक्त प्रतिबन्ध लगाइने राष्ट्रलाई बेलायतले रातो सूचीमा राखेको छ ।
रातो सूचीमा हुने मुलुकहरुबाट बेलायत आउँदा अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री