लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन लगायतका समस्याका बारेमा संसदीय समितिमार्फत जाँचबुझ गर्न दबाब दिन हस्ताक्षर संकलन शुरु गरिएको छ ।
ब्रिटिश गोरखा वेलफेर सोसाइटी (बिजीडब्ल्यूएस) को पहलमा शुरु गरिएको सो हस्ताक्षर अभियानमा यो समाचार तयार पार्दासम्ममा करिब २ हजार १०० ले हस्ताक्षर गरिसकेका छन् ।
डब्ल्यूडब्ल्यूडब्ल्यू डट चेन्ज डट ओआरजीमार्फत बनाएको वेभ पेजमा गोरखाहरुको समस्याका बारेमा छानविन गर्न सरकारलाई दबाब दिन हस्ताक्षर गर्न सकिन्छ ।
हस्ताक्षरका लागि आह्वा गरिएको पेजमा गोरखाहरुलाई समान पेन्सन दिनका लागि गोरखाहरुले लामो समयदेखि माग गरिरहेको भए पनि सन् २०१७ मा आएर गोरखाहरुलाई गोरखा पेन्सनबाट आर्म्ड फोर्सेज पेन्समा पेन्सन सार्दा उनीहरुलाई पूरा सुविधाहरु नदिइएको तर्क गरिएको छ । यस्तै, सन् १९९७ भन्दा अघि सेवाकाश पाएका गोरखा सैनिकहरुलाई समान पेन्सन नदिइएको बताइएको छ ।
गोरखाहरुमाथिको असमानताका कारण रसमुर काउन्सिल र अन्यत्र बसोबास गरिरहेका गोरखा र उनीहरुका परिवारहरुमा अफ्ठेरो परिरहेको पनि बताइएको छ ।
हस्ताक्षरमा भाग लिन यहाँ क्लीक गर्नुहोला
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]