लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन लगायतका समस्याका बारेमा संसदीय समितिमार्फत जाँचबुझ गर्न दबाब दिन हस्ताक्षर संकलन शुरु गरिएको छ ।
ब्रिटिश गोरखा वेलफेर सोसाइटी (बिजीडब्ल्यूएस) को पहलमा शुरु गरिएको सो हस्ताक्षर अभियानमा यो समाचार तयार पार्दासम्ममा करिब २ हजार १०० ले हस्ताक्षर गरिसकेका छन् ।
डब्ल्यूडब्ल्यूडब्ल्यू डट चेन्ज डट ओआरजीमार्फत बनाएको वेभ पेजमा गोरखाहरुको समस्याका बारेमा छानविन गर्न सरकारलाई दबाब दिन हस्ताक्षर गर्न सकिन्छ ।
हस्ताक्षरका लागि आह्वा गरिएको पेजमा गोरखाहरुलाई समान पेन्सन दिनका लागि गोरखाहरुले लामो समयदेखि माग गरिरहेको भए पनि सन् २०१७ मा आएर गोरखाहरुलाई गोरखा पेन्सनबाट आर्म्ड फोर्सेज पेन्समा पेन्सन सार्दा उनीहरुलाई पूरा सुविधाहरु नदिइएको तर्क गरिएको छ । यस्तै, सन् १९९७ भन्दा अघि सेवाकाश पाएका गोरखा सैनिकहरुलाई समान पेन्सन नदिइएको बताइएको छ ।
गोरखाहरुमाथिको असमानताका कारण रसमुर काउन्सिल र अन्यत्र बसोबास गरिरहेका गोरखा र उनीहरुका परिवारहरुमा अफ्ठेरो परिरहेको पनि बताइएको छ ।
हस्ताक्षरमा भाग लिन यहाँ क्लीक गर्नुहोला
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने