लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पत्रकारहरुसंग हातेमालो गर्दै अघि बढने बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले भर्चुएल माध्यमद्वारा बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको दुतावासले बेलायत स्थित नेपाली समाज लाई सुसूचित गर्न पत्रकारिता जगतसंग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
राजदूत रेग्मीले पत्रकारहरुलाई समाजको अग्रदूत भएर काम गर्न आग्रह पनि गरे ।
उनले नेपाल सरकार र दूतावासको तर्फबाट सधैं सहयोग गर्न तयार रहेको जनाए । “जीवन यात्राका क्रममा यहाँ आइपुगेको छु। तपाईहरु जस्तै म पनि आफ्नो भाग्य आफैले खोजेर हिडेको मानिस भएकाले एकअर्कालाई बुझ्न सजिलो हुने विश्वास लिएको छु,” उनले भने ।
परिचयात्मक कार्यक्रममा महासंघ बेलायत शाखाका सल्लाहकार भगीरथ योगीले बेलायतस्थित नेपाली संचार माध्यम र नेपाली समुदायमा पत्रकारिताले निर्वाह गरेको भूमिकाका बारेमा जानकारी गराएका थिए । उनले बेलायतमा नेपाली पत्रकारिताको इतिहासका बारेमा संक्षेपमा चर्चा गर्दै प्रवासमा नेपाली पत्रकारिता अझै संस्थागत हुन नसकेको र बहुसंख्यक पत्रकारहरुले स्वयम्सेवी रुपमै काम गरिरहेको बताए ।
महासंघ युके शाखाका अध्यक्ष नरेश खपांगी मगरले महासंघ बेलायत शाखाले कोभिड पछि स्थानीय भूतपूर्व गोर्खा समुदायको संचार आवश्यकताको बारेमा सानो सर्भे गरेको बताए। त्यस्तै कोभिडका बारे सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले नेप्लिज डक्टर्स एसोसियसन युके, नेप्लिज नर्सेज एसोसियसन युके तथा एनआरएनए युकेसंगको सहकार्यमा ‘स्वास्थ्य संवाद’ कार्यक्रम संचालन गरेको जानकारी दिए। उनले नेपालमा भूकम्प र कोभिडका कारण प्रभावित नेपाली पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्र मार्फत युके शाखाले सहयोग गरेको जानकारी पनि दिए।
परिचयात्मक कार्यक्रममा शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सल्लाहकारहरू विपीन निरौला, फडिन्द्र भट्टराई, दूत पुन, सचिवहरू डा. जगन कार्की, शिव भण्डारी, पूर्ण गुरुङ, सदस्य विश्वासदीप तिगेला, फोनिज अध्यक्ष प्रमिला लावुङ राई, प्रजय शुक्ल, मन्दिप केसी, एभरेष्ट गौतम, गोमा राना, कुमार केसी, प्रकाश केसी, नगेन्द्र नेम्वाङ, मंजु भण्डारी, ज्ञाम गुरुङ, जयराम तामाङ,केशव भण्डारी, ओम थापा, माधव रेग्मी, खेमराज रानाभाट, वाचस्पति रेग्मीलगायतका पत्रकार हरुको सहभागिता थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]