लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पत्रकारहरुसंग हातेमालो गर्दै अघि बढने बताएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले भर्चुएल माध्यमद्वारा बिहीबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको दुतावासले बेलायत स्थित नेपाली समाज लाई सुसूचित गर्न पत्रकारिता जगतसंग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
राजदूत रेग्मीले पत्रकारहरुलाई समाजको अग्रदूत भएर काम गर्न आग्रह पनि गरे ।
उनले नेपाल सरकार र दूतावासको तर्फबाट सधैं सहयोग गर्न तयार रहेको जनाए । “जीवन यात्राका क्रममा यहाँ आइपुगेको छु। तपाईहरु जस्तै म पनि आफ्नो भाग्य आफैले खोजेर हिडेको मानिस भएकाले एकअर्कालाई बुझ्न सजिलो हुने विश्वास लिएको छु,” उनले भने ।
परिचयात्मक कार्यक्रममा महासंघ बेलायत शाखाका सल्लाहकार भगीरथ योगीले बेलायतस्थित नेपाली संचार माध्यम र नेपाली समुदायमा पत्रकारिताले निर्वाह गरेको भूमिकाका बारेमा जानकारी गराएका थिए । उनले बेलायतमा नेपाली पत्रकारिताको इतिहासका बारेमा संक्षेपमा चर्चा गर्दै प्रवासमा नेपाली पत्रकारिता अझै संस्थागत हुन नसकेको र बहुसंख्यक पत्रकारहरुले स्वयम्सेवी रुपमै काम गरिरहेको बताए ।
महासंघ युके शाखाका अध्यक्ष नरेश खपांगी मगरले महासंघ बेलायत शाखाले कोभिड पछि स्थानीय भूतपूर्व गोर्खा समुदायको संचार आवश्यकताको बारेमा सानो सर्भे गरेको बताए। त्यस्तै कोभिडका बारे सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले नेप्लिज डक्टर्स एसोसियसन युके, नेप्लिज नर्सेज एसोसियसन युके तथा एनआरएनए युकेसंगको सहकार्यमा ‘स्वास्थ्य संवाद’ कार्यक्रम संचालन गरेको जानकारी दिए। उनले नेपालमा भूकम्प र कोभिडका कारण प्रभावित नेपाली पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्र मार्फत युके शाखाले सहयोग गरेको जानकारी पनि दिए।
परिचयात्मक कार्यक्रममा शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, उपाध्यक्ष विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सल्लाहकारहरू विपीन निरौला, फडिन्द्र भट्टराई, दूत पुन, सचिवहरू डा. जगन कार्की, शिव भण्डारी, पूर्ण गुरुङ, सदस्य विश्वासदीप तिगेला, फोनिज अध्यक्ष प्रमिला लावुङ राई, प्रजय शुक्ल, मन्दिप केसी, एभरेष्ट गौतम, गोमा राना, कुमार केसी, प्रकाश केसी, नगेन्द्र नेम्वाङ, मंजु भण्डारी, ज्ञाम गुरुङ, जयराम तामाङ,केशव भण्डारी, ओम थापा, माधव रेग्मी, खेमराज रानाभाट, वाचस्पति रेग्मीलगायतका पत्रकार हरुको सहभागिता थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त