लण्डन । बेलायत सरकारले शरणार्थीहरुलाई तेस्रो मुलुकमा पठाउने गोप्य दस्तावेज सार्वजनिक भएको छ ।
गृहमन्त्री प्रीति पटेलले संसदीय छलफलका तयार गरेको दस्तावेजमा फ्रान्सबाट गैरकानुनी रुपमा ब्रिटिश च्यानल हुँदै बेलायत छिरेका आप्रवासीहरुलाई तेस्रो मुलुक पठाउने तयारी गरेको गोप्य दस्तावेज सार्वजनिक भएको हो । गैरकानुनी रुपमा मानव तस्करका माध्यमबाट बेलायत भित्रिएका ती शरणार्थीहरुलाई पहिले जस्तो बेलायतभित्रै राखी उनीहरुको आवेदनमाथि सुनुवाई हुने प्रक्रियलाई सरकारले रोक्ने योजना बनाएको छ । उनीहरुलाई मानव बसोबास कम भएका बेलायतका आइल्याण्डहरुमा राखेर यदि उनीहरुको आवेदन अस्वीकृत भएमा फिर्ता पठाउने योजना समेत गृहमन्त्री पटेलको छ ।
गैरकानुनी बसाईको लागि जोखिम मोलेर बेलायतमा क्रमलाई निरुत्साहित गर्न सरकारी योजना रहको बेलायती अखबारले जनाएका छन् ।
बेलायती पत्रिका द टाइम्सका अनुसार ब्रिटिश टेरिटोरी वा स्कटल्याण्डलगायत मध्ये कुनै क्षेत्र वा अन्य मुलुकमा पठाउने गरी आउने साता गृहमन्त्री पटेलले प्रस्ताव ल्याउन र विद्यमान कानुनमा परिवर्तन ल्याउन छलफल चलाई रहेकी छिन् । यद्यपि कहाँ राख्ने भन्ने टुंगो लाग्न बाँकी छ ।
गतवर्ष ब्रिटिश च्यानलबाट ८ सय मानिस बेलायत भित्रिएको तथ्यांक सरकारसँग छ । यस्तो जोखिम यात्रा गरेर विभिन्न डुङ्गामार्फत ८ हजारभन्दा बढी गत वर्ष नै भित्रिएको सरकारी तथ्यांक छ । ज्यानको बाजी राखेर गरिने यस्तो गैरकानुनी कार्यलाई निरुत्साहित गर्ने योजना बेलायत सरकारले अघि सारेको छ । साथै, मानव तस्करीमा संलग्न व्यक्तिलाई आजिवन कारावास गर्ने कानुनी व्यवस्था समेत गर्न लागिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक