लन्डन (जीएनएन) — बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको “पूर्वीय सभ्यतामा मानव अधिकार” भन्ने ग्रन्थ प्रकाशन गरेको छ।
लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका प्रा. सुवेदी लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक हुन्।
पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इशापूर्वको र औपनिवेशिक काल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानव अधिकारको प्रवर्द्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्वाह गर्न सकेको हो भन्ने विषयमा उक्त ग्रन्थमा प्रकाश पारिएको छ।
बेलायतको एडवार्ड एलगार भन्ने प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तकमा प्रा. सुवेदीले मानव अधिकारको आफ्नो अनुभवबारे पनि विवेचना गरेका छन्। पूर्वीय सभ्यताको पुनरुत्थान र पुनर्जागरणले पाश्चात्य सभ्यताको देन मानिएको मानव अधिकारको विश्वब्यापी अवधारणालाई कस्तो असर पर्नेछ भन्ने बिषय पनि उक्त पुस्तकमा समावेश गरिएको छ।
यो लिंकमा गएर उक्त पुस्तक उपलब्ध गर्न सकिन्छ: https://www.e-elgar.com/shop/gbp/human-rights-in-eastern-civilisations-9781800883611.html
त्यस्तै अमाजोनको निम्न लिंकबाट पनि उक्त पुस्तक उपलब्ध गर्न सकिन्छ: https://www.amazon.co.uk/Human-Rights-Eastern-Civilisations-Reflections/dp/1800883617
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]