लन्डन (जीएनएन) — बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको “पूर्वीय सभ्यतामा मानव अधिकार” भन्ने ग्रन्थ प्रकाशन गरेको छ।
लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका प्रा. सुवेदी लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक हुन्।
पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इशापूर्वको र औपनिवेशिक काल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानव अधिकारको प्रवर्द्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्वाह गर्न सकेको हो भन्ने विषयमा उक्त ग्रन्थमा प्रकाश पारिएको छ।
बेलायतको एडवार्ड एलगार भन्ने प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तकमा प्रा. सुवेदीले मानव अधिकारको आफ्नो अनुभवबारे पनि विवेचना गरेका छन्। पूर्वीय सभ्यताको पुनरुत्थान र पुनर्जागरणले पाश्चात्य सभ्यताको देन मानिएको मानव अधिकारको विश्वब्यापी अवधारणालाई कस्तो असर पर्नेछ भन्ने बिषय पनि उक्त पुस्तकमा समावेश गरिएको छ।
यो लिंकमा गएर उक्त पुस्तक उपलब्ध गर्न सकिन्छ: https://www.e-elgar.com/shop/gbp/human-rights-in-eastern-civilisations-9781800883611.html
त्यस्तै अमाजोनको निम्न लिंकबाट पनि उक्त पुस्तक उपलब्ध गर्न सकिन्छ: https://www.amazon.co.uk/Human-Rights-Eastern-Civilisations-Reflections/dp/1800883617
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त