
लण्डन । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले गैरआवासी नेपाली संघ (एनआरएनए)युके समक्ष देखिने गरि काम गर्न आठ प्रस्ताब गरेका छन । एनआरएनए युके छैठौं काउन्सिल बैठकलाई आइतबार भर्चुअल रुपमा उद्घाटनसहित सम्बोधन गर्दै नेपालको पुर्वाधारमा देखिने गरि काम गर्न आठ प्रस्ताव राखेका हुन ।
राजदुत रेग्मीले राखेको प्रस्ताबमा नेपालको पुर्वाधार विकासमा सडक, खानेपानी, स्वास्थ्य र जलस्रोत जस्तामा लगानी, पर्यटन प्रवद्धनसहित बेलायतदेखि नेपालसम्मको सिधा हवाई सम्पर्क, नवप्रवद्धन, महिला हिंसा विरुद्धको अभियान, आगामी नोभेम्बरमा बेलायतमा हुने क्लाइमेट चेन्ज शिखर सम्मेलनमा बिषय बस्तु किटानसहित सहभागीता र भुतपुर्व गोर्खाका समस्या समाधानका लागि प्राप्त गर्न सक्ने उपलव्धीलगायतका छन ।
उनले एनआरएनए युकेले तयार पारेका ठोस बिषयमा नेपाल सरकार र बेलायत सरकार सँग छलफल गरेर निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त समेत गरे । राजदुत रेग्मीले एनआरएनए युकेको प्रस्तावलाई गैरआवासीय नेपाली संघको सम्मेलनमा पनि प्रस्तावका रुपमा लैजान सुझाए ।
‘एनआरएनए युकेले ठोस बिषयहरु पहिचान गरि सर्वसम्मत प्रस्ताव तयार गरि कार्यान्वयनमा लैजान काउन्सिल बैठकले प्रस्ताव गर्नु पर्छ । त्यस बिषयमा दुतावास वा म आफै तपाईहरुसँग नजिकबाट काम गर्न तयार छु’, उनले भने । रेग्मी राजदुत नियुक्त भएर बेलायत आएपछि पहिलो पटक स्पष्ट रुपमा एनआरएनए युके समक्ष प्रस्ताव गरेका छन । उनले आगामी दिनमा अन्य संघसंस्थाहरुलाई भर्चुअल रुपमा भेटघाटलाई तीव्रता दिने जानकारी दिए ।
यसअघि निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको छैठौं काउन्सिल बैठकमा कार्यक्र संयोजक रोजीना राईले मन्तव्य राखेको थिइन । एनआरएनए पुर्व अध्यक्ष सुर्य गुरुङले काउन्सिल बैठकमा महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वर्गीय डा. चन्द्रकुमार लम्सम्बाको बारेमा आइसीसी सदस्य रामशरण सिंखडाले प्रस्तुती दिएका थिए । एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रम दुई चरणमा संचालन हुनेछ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]