
लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी उपनियोग प्रमुख रोशन खनाल परिवारसहित शिवरात्रीको अवसरमा हिन्दु मन्दिर दर्शनका लागि साउथ इस्ट लण्डन पुगेका छन । बेलायत आएपछि पहिलोपटक मन्दिरमा आएका उनीहरुले उनीहरुले पशुपतिनाथ मन्दिरमा जाने र दर्शन गर्ने गरेको बताका हुन ।
राजदूत रेग्मीले आफू धर्मप्रति अत्यन्तै आस्थावान रहेको भन्दै मन्दिरलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्दिर आउँदा दुख पीडा नष्ट हुने भन्दै सुख(दुख जे परेपनि भगवानलाई सम्झिनु पर्ने उनको भनाई छ ।
बेलायतको साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमा प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व विशेष पूजा अराधाना गरी मनाइएको थियो ।
उपनियोग प्रमुख खनालले ”कोेभिड १९’ महामारीको चाँडै अन्त्य हुने र यस रोगलाई जितेर नेपालीका दुःखसुख बुझ्ने र साथ दिने अवसर मिल्ने बताइन्।
कोभिड – १९ महामारीकावीच बेलायत सरकारले लागू गरेका प्रतिवन्धहरुको पालना गरेरै सामाजिक दूरी कायम गरी शिवरात्री विशेष पूजा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय नेपालीहरु लाइनमा बसेर, मास्क लगाएरै पूजामा सहभागी बनेका छन् ।
मन्दिरका मूल पण्डित निलहरी घिमिरेले शुरूमा आरती अर्पण गर्दै शिवलिङ्गमा जल चढाएर पूजाआजाको सुरुवात गरे । कोभिड १९ को कारण सबैलाई आउन सम्भव नभएको कारण मन्दिर परिसरमा थोरैको मात्र उपस्थिती थियो ।
पशुपतिनाथ मन्दिर अध्यक्ष नरेन्द्र कंडेलले छिट्टै नै कोभिड १९ को महामारीको अन्त्य हुने र सबै मिलेर भव्य पूजाआजा गर्न पाउनेमा विश्वास व्यक्त गरे । यसपटक बेलायतमा ४०० केजी परिमाण भएको शिवलिङ्ग सहित मुर्तिहरु नेपालदेखि ल्याइएको अध्यक्ष कंडेलले जानकारी दिए ।उनले मन्दिरमा ठूलो शिवलिंग ल्याइएकोले यसलाई व्यवस्थित तरिकाले मन्दिर परिसरमा राखेर केही समयमै पूजाआजा शुरू गरिने जानकारी दिए ।
कार्यक्रम श्रद्धालु भक्तजनसँगै संस्थापक अध्यक्ष होम शर्मा,एनआरएनए यूके महासचिव फणिन्द्र भट्टराई, ट्रष्टीहरु दिपक श्रेष्ठ, सुरज केसी, रोमनाथ पाण्डे, कोषाध्यक्ष गोपाल अर्याल, र जीवन वाग्ले, दिनेश खरेल,सल्लाहकार तथा कार्यसमितिका सदस्यहरुको उपस्थिती थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त