
लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी उपनियोग प्रमुख रोशन खनाल परिवारसहित शिवरात्रीको अवसरमा हिन्दु मन्दिर दर्शनका लागि साउथ इस्ट लण्डन पुगेका छन । बेलायत आएपछि पहिलोपटक मन्दिरमा आएका उनीहरुले उनीहरुले पशुपतिनाथ मन्दिरमा जाने र दर्शन गर्ने गरेको बताका हुन ।
राजदूत रेग्मीले आफू धर्मप्रति अत्यन्तै आस्थावान रहेको भन्दै मन्दिरलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्दिर आउँदा दुख पीडा नष्ट हुने भन्दै सुख(दुख जे परेपनि भगवानलाई सम्झिनु पर्ने उनको भनाई छ ।
बेलायतको साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमा प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व विशेष पूजा अराधाना गरी मनाइएको थियो ।
उपनियोग प्रमुख खनालले ”कोेभिड १९’ महामारीको चाँडै अन्त्य हुने र यस रोगलाई जितेर नेपालीका दुःखसुख बुझ्ने र साथ दिने अवसर मिल्ने बताइन्।
कोभिड – १९ महामारीकावीच बेलायत सरकारले लागू गरेका प्रतिवन्धहरुको पालना गरेरै सामाजिक दूरी कायम गरी शिवरात्री विशेष पूजा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय नेपालीहरु लाइनमा बसेर, मास्क लगाएरै पूजामा सहभागी बनेका छन् ।
मन्दिरका मूल पण्डित निलहरी घिमिरेले शुरूमा आरती अर्पण गर्दै शिवलिङ्गमा जल चढाएर पूजाआजाको सुरुवात गरे । कोभिड १९ को कारण सबैलाई आउन सम्भव नभएको कारण मन्दिर परिसरमा थोरैको मात्र उपस्थिती थियो ।
पशुपतिनाथ मन्दिर अध्यक्ष नरेन्द्र कंडेलले छिट्टै नै कोभिड १९ को महामारीको अन्त्य हुने र सबै मिलेर भव्य पूजाआजा गर्न पाउनेमा विश्वास व्यक्त गरे । यसपटक बेलायतमा ४०० केजी परिमाण भएको शिवलिङ्ग सहित मुर्तिहरु नेपालदेखि ल्याइएको अध्यक्ष कंडेलले जानकारी दिए ।उनले मन्दिरमा ठूलो शिवलिंग ल्याइएकोले यसलाई व्यवस्थित तरिकाले मन्दिर परिसरमा राखेर केही समयमै पूजाआजा शुरू गरिने जानकारी दिए ।
कार्यक्रम श्रद्धालु भक्तजनसँगै संस्थापक अध्यक्ष होम शर्मा,एनआरएनए यूके महासचिव फणिन्द्र भट्टराई, ट्रष्टीहरु दिपक श्रेष्ठ, सुरज केसी, रोमनाथ पाण्डे, कोषाध्यक्ष गोपाल अर्याल, र जीवन वाग्ले, दिनेश खरेल,सल्लाहकार तथा कार्यसमितिका सदस्यहरुको उपस्थिती थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]