लण्डन । बेलायतका नेपालीहरुबीच लोकप्रिय गोर्खा कप जुलाई २४ मा हुने भएको छ ।
सरकारले जुन २१ देखि बेलायतमा लकडाउन हटाउने निर्णय गरेका कारण गोर्खा कपलाई निरन्तरता दिने निर्णय गरिएको आयोजक तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए ।
गत वर्ष लकडाउनका कारण तमुधिँ युकेले आयोजना गर्ने ठूला कार्यक्रमहरु गोर्खा कप र नेपाली मेला दुवै हुन सकेन । तर यस वर्ष भने गोर्खा कप र नेपाली मेला दुवै सन्चालन गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले बताए ।
अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुने गोर्खा कपका लागि खेल मैदानको तय भैसकेको पनि अध्यक्ष गुरुङले बताए । गोर्खा कप सन्चालन गर्न सयौँ स्वयंसेवकका साथ साथै स्थानिय काउन्सिललगायत धेरैवटा सरकारी निकायहरुसित बैठकका श्रृंखला नै चल्छ । सधैँ यसका लागि पूर्व निर्धारित समयतालिका नै हुन्थ्यो तर यसपटक त्यतिबेला भन्दा छोटो समयमा कार्यक्रम गर्न परेको छ । अध्यक्ष गुरुङ भन्छन्, ‘बैठकहरु पनि छिटोछिटो गर्नपरेको छ भने हामी पनि सधैँ सप्ताहन्तमा मात्र खट्ने गरेकोमा अहिले हप्ताको तीन दिन खट्ने भएका छौं ।’
यसबीचमा सरकारको योजनामुताबिक काम अगाडी बढे सबै समस्या सामान्य हुनेमा अध्यक्ष गुरुङ आशावादी छन् । ‘सरकारको योजनाअनुसार पनि जुलाई अन्त्यसम्ममा धेरैले कोरोना विरुद्धको खोप पाइसक्ने छन्’ उनले सम्भावित अवस्थाको आँकलन गर्दै भने । यदि अपेक्षा गरेभन्दा प्रतिकूल भएमा के गर्नुहुन्छ भन्ने काल्पनिक प्रश्नमा उनले ‘सरकारले तय गरेको निर्देशनअनुसार गर्ने’ बताए ।
विगतका वर्षहरुमा गोरखा कप मे महिनाको अन्तिम सप्ताहन्तमा हुने गरेको थियो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक