लण्डन । बेलायतका नेपालीहरुबीच लोकप्रिय गोर्खा कप जुलाई २४ मा हुने भएको छ ।
सरकारले जुन २१ देखि बेलायतमा लकडाउन हटाउने निर्णय गरेका कारण गोर्खा कपलाई निरन्तरता दिने निर्णय गरिएको आयोजक तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए ।
गत वर्ष लकडाउनका कारण तमुधिँ युकेले आयोजना गर्ने ठूला कार्यक्रमहरु गोर्खा कप र नेपाली मेला दुवै हुन सकेन । तर यस वर्ष भने गोर्खा कप र नेपाली मेला दुवै सन्चालन गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले बताए ।
अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुने गोर्खा कपका लागि खेल मैदानको तय भैसकेको पनि अध्यक्ष गुरुङले बताए । गोर्खा कप सन्चालन गर्न सयौँ स्वयंसेवकका साथ साथै स्थानिय काउन्सिललगायत धेरैवटा सरकारी निकायहरुसित बैठकका श्रृंखला नै चल्छ । सधैँ यसका लागि पूर्व निर्धारित समयतालिका नै हुन्थ्यो तर यसपटक त्यतिबेला भन्दा छोटो समयमा कार्यक्रम गर्न परेको छ । अध्यक्ष गुरुङ भन्छन्, ‘बैठकहरु पनि छिटोछिटो गर्नपरेको छ भने हामी पनि सधैँ सप्ताहन्तमा मात्र खट्ने गरेकोमा अहिले हप्ताको तीन दिन खट्ने भएका छौं ।’
यसबीचमा सरकारको योजनामुताबिक काम अगाडी बढे सबै समस्या सामान्य हुनेमा अध्यक्ष गुरुङ आशावादी छन् । ‘सरकारको योजनाअनुसार पनि जुलाई अन्त्यसम्ममा धेरैले कोरोना विरुद्धको खोप पाइसक्ने छन्’ उनले सम्भावित अवस्थाको आँकलन गर्दै भने । यदि अपेक्षा गरेभन्दा प्रतिकूल भएमा के गर्नुहुन्छ भन्ने काल्पनिक प्रश्नमा उनले ‘सरकारले तय गरेको निर्देशनअनुसार गर्ने’ बताए ।
विगतका वर्षहरुमा गोरखा कप मे महिनाको अन्तिम सप्ताहन्तमा हुने गरेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]