लण्डन । सोमबारदेखि इङल्याण्डबाट अन्य देशमा यात्रा गर्नेहरुले उचित कारणहरु दर्शाइ फाराम भर्नपर्ने भएको छ । सरकारले तोकेको बाहेकका कारणबाट विदेश यात्रा गर्न गएको ठहर भएमा यात्रुहरुलाई २०० पाउण्ड जरिवाना समेत हुन सक्नेछ ।
यस्तो फाराम सरकारको वेभसाइट जीओभीडट युकेमा उपलब्ध हुनेछ र इङ्ल्याण्ड छाड्ने यात्रुले आफूले बेलायतबाट यात्रा गर्नुको कारण खुलाउनु पर्नेछ । यस्तो फाराम भरेर मोवाइलमा डाउनलोड गर्न वा प्रिन्ट गर्न सकिने छ । बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स र नर्देन आयरल्याण्डले भने यसबारेमा अलग नियम बनाएका छन् ।
बेलायतमा अहिले पनि लकडाउन जारी छ र सरकारको निर्देशनअनुसार कामका लागि, अध्ययनका लागि र स्वास्थ्यका कारणले मात्र बेलायत छाड्न पाइन्छ । तर विदा मनाउनका लागि समेत मानिसहरु बाहिरिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । यसबाट कोरोनाको खोप लगाउँदै नेपाल जान खोज्ने नेपालीहरुलाई पनि असर पर्नेछ ।
तीन पेज लामो सो फर्ममा व्यक्तिगत विवरणका साथै यात्रा गर्नुको कारण छान्नुपर्नेछ ।
प्रहरीले पनि पछिल्लो समयमा बन्दरगाह र विमानस्थलहरुमा गस्ती बढाएको छ भने सोमबारदेखि उनीहरुलाई यात्रा गर्नुको कारण सोध्न र भरिएको फाराम निरीक्षण गर्न अनुमति दिइएको बेलायतको यातायात मन्त्रालयले जनाएको छ । यस्तो फाराम नभरीकन यात्रा गर्नुलाई आपराधिक कार्यको सूचीमा राखिएको छ । तर १८ वर्षमुनीका र फाराम भर्न सक्ने शारीरिक क्षमता नभएकाहरुलाई यो नियम लागू हुने छैन तर उनीहरुका साथमा यात्रा गर्ने वयस्क यात्रुले उनीहरुका लागि यस्तो फाराम भरिदिनु पर्नेछ ।
फाराम नभर्ने र उचित कारण बिना बेलायत छोड्न चाहनेलाई २०० पाउण्ड जरिवाना र घर फर्कन आग्रह गरिनेछ । सरकारको घरमै बस्नु भन्ने निर्देशन पालना नगरेकोमा उनीहरुलाई थप नगद जरिवाना पनि हुन सक्नेछ ।
बेलायतमा सरकारले मे १७ भन्दा अगाडी विदा मनाउन अनुमति दिएको छैन ।
पेशागत कार्यका कारण बेलायतबाहिर गइरहन पर्नेहरुलाई भने यस नियम लागू हुने छैन । जसमा पाइलट र क्याविन क्रुहरु, एरो स्पेश इन्जिनियरहरु, बीबीसीका कर्मचारीहरु, सीमा रक्षकहरु लगायत छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने