लण्डन । सोमबारदेखि इङल्याण्डबाट अन्य देशमा यात्रा गर्नेहरुले उचित कारणहरु दर्शाइ फाराम भर्नपर्ने भएको छ । सरकारले तोकेको बाहेकका कारणबाट विदेश यात्रा गर्न गएको ठहर भएमा यात्रुहरुलाई २०० पाउण्ड जरिवाना समेत हुन सक्नेछ ।
यस्तो फाराम सरकारको वेभसाइट जीओभीडट युकेमा उपलब्ध हुनेछ र इङ्ल्याण्ड छाड्ने यात्रुले आफूले बेलायतबाट यात्रा गर्नुको कारण खुलाउनु पर्नेछ । यस्तो फाराम भरेर मोवाइलमा डाउनलोड गर्न वा प्रिन्ट गर्न सकिने छ । बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स र नर्देन आयरल्याण्डले भने यसबारेमा अलग नियम बनाएका छन् ।
बेलायतमा अहिले पनि लकडाउन जारी छ र सरकारको निर्देशनअनुसार कामका लागि, अध्ययनका लागि र स्वास्थ्यका कारणले मात्र बेलायत छाड्न पाइन्छ । तर विदा मनाउनका लागि समेत मानिसहरु बाहिरिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । यसबाट कोरोनाको खोप लगाउँदै नेपाल जान खोज्ने नेपालीहरुलाई पनि असर पर्नेछ ।
तीन पेज लामो सो फर्ममा व्यक्तिगत विवरणका साथै यात्रा गर्नुको कारण छान्नुपर्नेछ ।
प्रहरीले पनि पछिल्लो समयमा बन्दरगाह र विमानस्थलहरुमा गस्ती बढाएको छ भने सोमबारदेखि उनीहरुलाई यात्रा गर्नुको कारण सोध्न र भरिएको फाराम निरीक्षण गर्न अनुमति दिइएको बेलायतको यातायात मन्त्रालयले जनाएको छ । यस्तो फाराम नभरीकन यात्रा गर्नुलाई आपराधिक कार्यको सूचीमा राखिएको छ । तर १८ वर्षमुनीका र फाराम भर्न सक्ने शारीरिक क्षमता नभएकाहरुलाई यो नियम लागू हुने छैन तर उनीहरुका साथमा यात्रा गर्ने वयस्क यात्रुले उनीहरुका लागि यस्तो फाराम भरिदिनु पर्नेछ ।
फाराम नभर्ने र उचित कारण बिना बेलायत छोड्न चाहनेलाई २०० पाउण्ड जरिवाना र घर फर्कन आग्रह गरिनेछ । सरकारको घरमै बस्नु भन्ने निर्देशन पालना नगरेकोमा उनीहरुलाई थप नगद जरिवाना पनि हुन सक्नेछ ।
बेलायतमा सरकारले मे १७ भन्दा अगाडी विदा मनाउन अनुमति दिएको छैन ।
पेशागत कार्यका कारण बेलायतबाहिर गइरहन पर्नेहरुलाई भने यस नियम लागू हुने छैन । जसमा पाइलट र क्याविन क्रुहरु, एरो स्पेश इन्जिनियरहरु, बीबीसीका कर्मचारीहरु, सीमा रक्षकहरु लगायत छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी