अल्डरसटमा स्वस्थ्य समस्या भएका विरामीलाई विना अपोइन्टमेन्ट कोरोना खोप

A healthcare worker prepares a dose of the BioNTech Covid-19 vaccine at a vaccination hub location in League City, Texas, February 5, 2021. (Photo by Mark Felix / AFP)

अल्डरशट निवासी नेपाली समुदायकिा मधुमेह, मिर्गी र मुटु रोग लागेका कुनै पनि नागरिकहरुलाई बिना अपोइन्टमेन्ट कोरोना खोप दिइने भएको छ ।  जिआरएनसि निवर्तमान अध्यक्ष जिब बेल्वासेकाका अनुसार ०५ मार्च २०२१ प्रात:पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेनसँग सम्पन बैठकले आगामी शनिबार १३ मार्च २०२१ का दिन पिरुन्सेस हल अल्डरशटमा प्रिन्सेस हलमा उपस्थित हुन अनुरोध गरिएको हो ।
। उक्त खोपको लागी बिहान ०८ ३० बजे देखि साँझ १७०० बजे भन्दा पहिला लाईनमा बस्नेलाई दिइने छ । ति बाहेकको लागि भने अपोइन्ट्मेन्ट अनुसार नै खोप लगाउन आउन जिआरएनसिले भनेको छ ।

खोप लगाउन जादा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम कागतमा लेखेर लग्नुको साथै पासपोर्ट समेत लिएर आउन हुन संस्थाले आग्रह गरेको छ ।
बेल्बासेका अनुसार ०५ मार्च २०२१ साँझ १७३० बजेदेखि आउँदो शुक्रबार १२ मार्च २०२१ सम्म खोप केन्द्र बन्द रहने थिएन भने शनिबार १३ मार्च पश्चात हुने खोप सम्बद्ध कार्यक्रम सम्बन्धी सुचना पछी अवगत गराइनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री