बेलायतमा कर्पोरेट करमा ६ प्रतिशत वृद्धि

लण्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनकले बेलायतको संसदमा बेलायतको बजेट प्रस्तुत गर्दै कर्पोरेसन करमा २५ प्रतिशतले वृद्धि गरेका छन् ।

वृद्धि भएको कर सन् २०२३ देखि लागू हुनेछ । यसअघि कर्पोरेसन कर १९ प्रतिशत मात्र रहेको थियो ।

यस्तै नयाँ बजेटमा आयकरको थ्रेसहोल्ड फ्रिज गरिएको छ । जसका कारण आगामी दिनमा सर्वसाधारणले बढी कर तिर्नपर्ने छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनकले बेलायतको अर्थतन्त्र पूर्ववत अवस्थामा आउन लामो समय लाग्ने बताएका छन् तर त्यसका लागि जस्तोसुकै कार्य गर्ने पनि वचन दिएका छन् ।

उनले अर्को वर्ष बेरोजगारी दर ६.५ प्रतिशत पुग्ने अनुमान गरेका छन् । तथापि यो दर पूर्वप्रक्षेपित ११.९ प्रतिशत भन्दा कम्ती देखिएको छ ।

सुनकले फर्लो योजनलाई सेप्टेम्बर अन्तिमसम्म लम्ब्याउने घोषणा गरेका छन् । जसमा रोजगारदाताहरुलाई जुलाईमा १० प्रतिशत र अगष्ट र सेप्टेम्बरमा २० प्रतिशत योगदान गर्न पनि आह्वान गरिएको छ । यसअघि फर्लो योजना अप्रिल महिलासम्मका लागि मात्र घोषित थियो ।

यस्तै, करिब ६ लाख स्वरोजगारहरुले सरकारबाट अनुदान पाउने छन् ।

नयाँ बजेटमा प्रतिसाता युनिभर्सल क्रेडिटमा २० पाउण्ड थपिँदै आएकोमा त्यसलाई आगामी ६ महिनाका लागि समय थप गरिएको छ । यस्तै आतिथ्य सत्कार क्षेत्रमा भ्याट लगायतका सुविधाहरुलाई पनि सेप्टेम्बरसम्म लम्ब्याइएको छ ।

यस्तै घर किन्दा दिइएको स्ट्याम्प ड्यूटी छुटलाई पनि जुनको अन्त्यसम्म लम्ब्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री