लण्डन । बेलायतमा गोरखाहरुको बाक्लो बस्ती रहेको काउन्सिल रसमुर काउन्सिलका नेता डेभिड क्लिफोर्डले गोरखा भूतपूर्व सैनिकलाई बेलायतको नागरिकता लिने प्रक्रिया सरल र सहज बनाउन बेलायती प्रधानमन्त्रीसित माग गरेका छन् ।
उनले आज बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै बेलायती नागरिकता पाउनका लागि विद्यमान प्रावधान गोरखा भूतपूर्व सैनिकहरु र उनका परिवारका लागि महङ्गो शुल्क र प्रक्रिया चुनौतीपूर्ण रहेको पाएको बताएका छन् । उनले बेलायती रक्षा मन्त्रालयलाई शुल्क घटाउन र प्रक्रियालाई सरल र लचिलो बनाउन परामर्श शुरु गर्न पनि अनुरोध गरेका छन् ।
अल्डरसट र फार्नब्रो क्षेत्रका सेनामा काम गरेका पूर्व सैनिकहरुका लागि यो जल्दोबल्दो समस्या भएको पनि उनले उल्लेख गरेका छन् । यसका बारेमा काउन्सिल नियमित परामर्शमा रहने बताउँदै उनले सरकारलाई गोरखा सैनिकहरुलाई बेलायती नागरिकता प्राप्तीका लागि रहेका अवरोधहरुलाई हटाउन माग गरेका छन् ।
गोरखाहरुको सो समस्या चाँडोभन्दा चाँडो समाधान भए आफू सरकारप्रति कृतज्ञ रहने भन्दै उनले त्यसो भएमा बेलायतकी महारानी र बेलायतका लागि योगदान दिएका गोरखाहरुप्रति हाम्रो सहयोग देखाउने मौका मिल्ने बताएका छन् ।
उनी बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट निर्वाचित काउन्सिलर हुन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी