लण्डन । कोरोना भाइरसको महामारीका कारण बेलायतमा बेरोजगारी पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) का अनुसार सन् २०२०को अन्तिम तीन महिनामा बेरोजगारी दर ५.१ प्रतिशतले बढेको छ ।
रोयटर्सका अनुसार यो संख्या सन् २०१६ को पहिलो तीन महिनायताकै सबैभन्दा उच्च संख्या हो ।
सरकारले लागू गरेको फर्लो योजनाका कारण धेरै ठूलो संख्यामा बेरोजगार हुनबाट हालसम्म रोकथाम हुँदै आएको छ । हरेक पाँच जनामा एकजना सरकारको योजनाबाट लाभ लिइरहेको पाइएको छ । सो योजना अप्रिल ३० तारिखमा समाप्त हुँदैछ । तर बेलायतका अर्थमन्त्री ऋषि सुनकले महामारीका कारण धेरै प्रभावित बनेका क्षेत्रका लागि अर्को साता पेश गर्ने बजेटमा रोजगारीको व्यवस्था गर्ने वचन दिएका छन् ।
तथ्यांकअनुसार महामारी पूर्व गत फेब्रुअरीको तुलनामा अहिले ७ लाख २६ हजारले जागिर गुमाएका छन् । जुन बेलायतको कुल काम गर्ने संख्याको २ प्रतिशत हुन आउँछ । जागिर गुमाउनेहरुमा धेरैजसो २५ वर्षमुनीका छन् ।
बैँक अफ इङ्गल्याण्डले फर्लो योजना सकिएपछि बेरोजगारी दर करिब ८ प्रतिशतसम्म पुग्ने आँकलन गरेको छ । तर यस क्षेत्रका अन्य विज्ञहरुले भने बेरोजगारी दर ६ प्रतिशतसम्म पुग्ने मत व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद