लण्डन । बेलायतमा करिब दुई महिनामा १ करोड ५० लाख मानिसलाई कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप दिइएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार सो जानकारी दिएका हुन् ।
उनले यसलाई ‘महत्वपूर्ण कोशेढुँगा’ तथा ‘असाधारण उपलब्धि’ को संज्ञा दिएका छन् ।
बेलायतले गत वर्ष डिसेम्बर ८ देखि सर्वसाधारणलाई खोप दिन शुरु गरेको थियो ।
सरकारले फेब्रुअरीको मध्यसम्ममा खोप दिने प्राथमिकताको उच्च चार सूचीमा रहेका करिब १ करोड ५० लाख मानिसहरुलाई कम्तीमा एक डोज खोप दिइसक्ने लक्ष्य राखेकोमा सो पूरा भएको छ । तथापि सो उमेर समूहका मानिसहरु अझै केहीले खोप पाउन बाँकी रहेको बताइएको छ ।
बेलायतमा भोलि सोमबारदेखि ६५ वर्षदेखि ६९ वर्षसम्मका र जोखिमपूर्ण स्वास्थ्यस्थिति भएका मानिसहरुलाई खोप दिन बोलाइँदैछ ।
बेलायती प्रधानमन्त्रीले गन्तब्य अझै टाढा भएको र यात्राका क्रममा असजिलो आउनसक्ने भए पनि सबै मिलेर उपलब्धि हात पारेरै छाड्ने बताएका छन् । खोप सम्बन्धी संयुक्त कार्यदलले सिफारिस गरेका नौवटै प्राथमिकताको सूचीमा रहेका मानिसहरुलाई अप्रिल अन्त्यसम्ममा खोप दिइ नसकेसम्म आराम नलिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
धेरै मानिसहरुलाई खोप दिने मुलुकहरुको सूचीमा बेलायत अग्रपंक्तिमा रहेको छ । इजरायल र संयुक्त अरब इमिरेटसले मात्र बेलायतले भन्दा धेरै प्रतिशत जनसंख्यालाई खोप दिएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]