लण्डन । बेलायतमा करिब दुई महिनामा १ करोड ५० लाख मानिसलाई कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप दिइएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार सो जानकारी दिएका हुन् ।
उनले यसलाई ‘महत्वपूर्ण कोशेढुँगा’ तथा ‘असाधारण उपलब्धि’ को संज्ञा दिएका छन् ।
बेलायतले गत वर्ष डिसेम्बर ८ देखि सर्वसाधारणलाई खोप दिन शुरु गरेको थियो ।
सरकारले फेब्रुअरीको मध्यसम्ममा खोप दिने प्राथमिकताको उच्च चार सूचीमा रहेका करिब १ करोड ५० लाख मानिसहरुलाई कम्तीमा एक डोज खोप दिइसक्ने लक्ष्य राखेकोमा सो पूरा भएको छ । तथापि सो उमेर समूहका मानिसहरु अझै केहीले खोप पाउन बाँकी रहेको बताइएको छ ।
बेलायतमा भोलि सोमबारदेखि ६५ वर्षदेखि ६९ वर्षसम्मका र जोखिमपूर्ण स्वास्थ्यस्थिति भएका मानिसहरुलाई खोप दिन बोलाइँदैछ ।
बेलायती प्रधानमन्त्रीले गन्तब्य अझै टाढा भएको र यात्राका क्रममा असजिलो आउनसक्ने भए पनि सबै मिलेर उपलब्धि हात पारेरै छाड्ने बताएका छन् । खोप सम्बन्धी संयुक्त कार्यदलले सिफारिस गरेका नौवटै प्राथमिकताको सूचीमा रहेका मानिसहरुलाई अप्रिल अन्त्यसम्ममा खोप दिइ नसकेसम्म आराम नलिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
धेरै मानिसहरुलाई खोप दिने मुलुकहरुको सूचीमा बेलायत अग्रपंक्तिमा रहेको छ । इजरायल र संयुक्त अरब इमिरेटसले मात्र बेलायतले भन्दा धेरै प्रतिशत जनसंख्यालाई खोप दिएका छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान