
काठमाडौं नेकपा प्रचण्ड-माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई बिहीबार उनकै घरबाट गिरफ्तार गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले काठमाडौँ सामाखुसीस्थित उनकै निवासबाट झाँक्रीलाई गिरफ्तार गरेको हो ।
प्रहरीले नेतृ झाँक्रीलाई राज्यविरूद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पूर्जी बुझेसँगै नेतृ झाँक्रीले प्रहरीलाई गिरफ्तारी दिएकी हुन् ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्री उपस्थित नभएपछि प्रहरी गिरफ्तार गर्न उनको घरमै पुगेको थियो । त्यसपश्चात नेतृ झाँक्रीले पक्राउ पूर्जी ल्याए आफु गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन् ।
झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताहरू भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नारा लगाएका थिए ।
गोरखाको एक कार्यक्रममा नेतृझाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । उनले गोरखामा नेकपा एमालेले मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने गलत संस्कृति शुरू गरेको आरोप लगाएकी थिइन् ।
मदन भण्डारीको हत्यापछि तत्कालिन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै झाँक्री विरुद्ध कारवाहीको माग गरेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]