बेलायतमा एकै व्यक्तिमा कोरोनाविरुद्धको अलग-अलग खोपको परीक्षण शुरु

लण्डन । बेलायतमा आजदेखि एकै व्यक्तिलाई कोरोनाविरुद्ध विकास गरिएको फरक-फरक खोप दिइ त्यसबाट कस्तो शरीरमा कस्तो प्रतिरोध क्षमता देखिन्छ भन्ने अनुसन्धान गर्न परीक्षण शुरु गरिएको छ ।

परीक्षणमा सहभागीहरुलाई आष्ट्राजेनिका र फाइजरको खोप दिइनेछ । शुरुमा फाइजरको खोप लगाएकाहरुलाई बुस्टर डोज आष्ट्राजेनिकाको दिइनेछ भने शुरुमा आष्ट्राजेनिकाको खोप दिइएकालाई फाइजरको बुस्टर खोप दिइनेछ । पहिलो र दोस्रो डोजको अन्तर चारदेखि १२ साताको हुनेछ ।

५० वर्ष उमेर कटेका करिब ८०० स्वयंसेवकहरुले सो परीक्षणमा भाग लिने बताइएको छ । यस परीक्षणको शुरुवाती नतीजा जुन महिनामा प्रकाशन हुने अपेक्षा गरिएको छ ।

अनुसन्धानकर्ताले यसरी खोप दिइएका व्यक्तिहरुमा एन्टीबडी र टी सेलमा कस्तो प्रतिक्रिया उन्पन्न भयो अनुसन्धान गर्नेछन् । साथै साइड इफेक्ट पनि अनुगमन गर्नेछन् ।

खो परीक्षणको नेतृत्व गरिररहेका अक्सफोर्ड विश्वविद्यालयका म्याथ्यु स्नापले जुनसम्ममा अध्ययनको नतीजा बाहिर ल्याउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री