लण्डन । कोरोना भाइरसविरुद्धको खोपको होडमा जोन्सन एण्ड जोन्सनको कोरोना खोपको तेस्रो चरणको परीक्षणको नतीजा शुक्रबार सार्वजनिक भएको छ ।
अमेरिकी फार्मास्यूटिकल जानसेनले उत्पादन गरेको सो खोप कोरोना भाइरसबाट मानिसहरुलाई बचाउन ६६ प्रतिशत प्रभावकारी पाइएको छ भने सो भाइरसबाट संक्रमितहरुलाई गम्भीर बिरामी हुनबाट रोक्नलाई ८५ प्रतिशत प्रभावकारी हुने बताइएको छ ।
कोरोना भाइरसविरुद्ध फाइजर र मोडर्नाको खोपभन्दा कम प्रभावकारी जस्तो देखिए पनि यो खोपको विशेषता के छ भने यो खोप एकपटक लगाए पुग्छ । त्यसैले कमजोर स्वास्थ्य सेवा भएका मुलुकहरुका लागि यो खोप वरदान साबित हुनसक्ने अन्दाज गरिएको छ ।
जोन्सन एण्ड जोन्सनको खोपलाई मोडर्ना र फाइजरको खोप जस्तो चिसो तापक्रम जरुरी छैन । सामान्य फ्रिजमा यो खोपलाई भण्डार गर्न सकिन्छ भने यो परम्परागत खोप बनाइने विधिबाट बनाइएको खोप हो ।
अलाबामा भ्याक्सिन रिसर्च क्लिनिकका निर्देशक डा पल गोपफर्टले कोरोना भाइरसको नयाँ प्रजातिका विरुद्ध जोन्सन एण्ड जोन्सनको खोप उत्तिकै प्रभावकारी हुने बताएका छन् । किनकि यसको परीक्षण दक्षिण अफ्रिकामा समेत गरिएको छ ।
जोन्सन एण्ड जोन्सनले छिट्टै नै अमेरिका र अन्य मुलुकहरुमा लगाउनका लागि आवेदन गर्ने बताएको छ । सामान्यता अनुमति पाउनका लागि ५० देखि ६० प्रतिशत प्रभावकारी देखिनुपर्नेमा जोन्सन एण्ड जोन्सनको खोपको प्रभावकारिता सो मापदण्डभन्दा माथि नै छ ।
जोन्सन एण्ड जोन्सनको खोप आठ देशका ४३ हजार मानिसहरुमा परीक्षण गरिएको थियो । अमेरिका,अर्जेन्टिना, चिली, मेक्सिको, पेरु, ब्राजिल, कोलम्बिया र दक्षिण अफ्रिकामा यो खोपको परीक्षण गरिएको थियो । सो क्रममा सो खोप अमेरिकामा ७२ प्रतिशत, ल्याटिन अमेरिकामा ६६ प्रतिशत र दक्षिण अफ्रिकामा ५७ प्रतिशत प्रभावकारी पाइएको थियो ।
बेलायतले सो खोप ८० मिलियन डोज अर्डर गरेको छ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]