बेलायतमा ३२ वटा ठूलो संख्यामा खोप दिने केन्द्र थपिँदै (सूचीसहित)

लण्डन । बेलायतमा ठूलो संख्यामा मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन यसैसाता ३२ वटा केन्द्रहरु थपिने भएका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बिहान ट्वीट गर्दै कोरोना भाइरसविरुद्धको लडाइँमा थप केन्द्रहरु खोलिन लागेको जानकारी दिएका हुन् ।

बेलायतमा यसअघि १७ वटा यस्ता खोप केन्द्रबाट ठूलो संख्यामा कोरोना भाइरसविरुद्ध खोप दिइँदै आइएको छ ।

प्रधानमन्त्री जोन्सनले खोप लगाउनका लागि बोलाइएका मानिसहरुलाई खोप लगाउन जान र कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग गर्न अनुरोध गरेका छन् ।

बेलायतमा गत साता मात्र २३ लाख मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा दिइएको छ । यससँगै करिब ६३ लाख मानिसहरुले हालसम्म पहिलो डोज पाएका छन् ।

हालसम्म करिब ८० हजार स्वास्थ्य सेवाका कर्मचारी र स्वयंसेवकहरुलाई खोप कसरी दिने भन्ने बारेमा जानकारी दिइसकिएको छ ।

बेलायत सरकारले खोप पाउने उच्च चार प्राथमिकतामा परेका करिब १ करोड ५० लाख मानिसहरुलाई फेब्रुअरी १५ सम्ममा पहिलो डोज खोप दिइसक्ने योजना बनाएको छ ।

अहिले २५० अस्पताल, ७० फार्मेसी र करिब १ हजार जीपीबाट कोरोनाविरुद्धको खोप दिइँदै गरिएको छ ।

नयाँ खोप केन्द्र रहने स्थानहरु

Nightingale Hospital – Sunderland

Blackpool Winter Gardens

Lancaster Town Hall

Sheffield Arena

Spectrum Community Health Wakefield

Black Country Museum

Stoneleigh Park Agricultural Centre – Warwickshire

Artrix Centre – Worcestershire

Daniel Platts Business Park – Stoke-on-Trent

Peepul Centre – Leicestershire

Derby Arena

Royal Pavilion – Northamptonshire

Wickes Store – Mansfield (Nottinghamshire)

Peterborough City Care Centre

Redgrave Children’s Centre – Luton

Gainsborough Sports Centre- Ipswich.

Telford International Centre – Shropshire

Hornsey Central Neighbourhood Health Centre – Crouch End

Westfield Shopping Centre – Stratford

Francis Crick Institute – London

Hawks Road Health Clinic – Kingston

Harlow Leisure Zone – Essex

Oxford Kassam Stadium

Southampton Clinical Commissioning Group

Bath and West Showground – Somerset

Bath Racecourse

Salisbury City Hall

Plymouth Argyle FC’s stadium Home Park

Westpoint Exhibition Centre – Exeter

Devon Stithians Showground – Truro (Cornwall)

Brighton Centre

Debenhams, Folkestone

प्रतिक्रिया

सम्बन्धित सामाग्री