लण्डन । बेलायतमा ठूलो संख्यामा मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन यसैसाता ३२ वटा केन्द्रहरु थपिने भएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बिहान ट्वीट गर्दै कोरोना भाइरसविरुद्धको लडाइँमा थप केन्द्रहरु खोलिन लागेको जानकारी दिएका हुन् ।
बेलायतमा यसअघि १७ वटा यस्ता खोप केन्द्रबाट ठूलो संख्यामा कोरोना भाइरसविरुद्ध खोप दिइँदै आइएको छ ।
प्रधानमन्त्री जोन्सनले खोप लगाउनका लागि बोलाइएका मानिसहरुलाई खोप लगाउन जान र कोरोना भाइरसविरुद्धको लडाइँमा सहयोग गर्न अनुरोध गरेका छन् ।
बेलायतमा गत साता मात्र २३ लाख मानिसहरुलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा दिइएको छ । यससँगै करिब ६३ लाख मानिसहरुले हालसम्म पहिलो डोज पाएका छन् ।
हालसम्म करिब ८० हजार स्वास्थ्य सेवाका कर्मचारी र स्वयंसेवकहरुलाई खोप कसरी दिने भन्ने बारेमा जानकारी दिइसकिएको छ ।
बेलायत सरकारले खोप पाउने उच्च चार प्राथमिकतामा परेका करिब १ करोड ५० लाख मानिसहरुलाई फेब्रुअरी १५ सम्ममा पहिलो डोज खोप दिइसक्ने योजना बनाएको छ ।
अहिले २५० अस्पताल, ७० फार्मेसी र करिब १ हजार जीपीबाट कोरोनाविरुद्धको खोप दिइँदै गरिएको छ ।
नयाँ खोप केन्द्र रहने स्थानहरु
Nightingale Hospital – Sunderland
Blackpool Winter Gardens
Lancaster Town Hall
Sheffield Arena
Spectrum Community Health Wakefield
Black Country Museum
Stoneleigh Park Agricultural Centre – Warwickshire
Artrix Centre – Worcestershire
Daniel Platts Business Park – Stoke-on-Trent
Peepul Centre – Leicestershire
Derby Arena
Royal Pavilion – Northamptonshire
Wickes Store – Mansfield (Nottinghamshire)
Peterborough City Care Centre
Redgrave Children’s Centre – Luton
Gainsborough Sports Centre- Ipswich.
Telford International Centre – Shropshire
Hornsey Central Neighbourhood Health Centre – Crouch End
Westfield Shopping Centre – Stratford
Francis Crick Institute – London
Hawks Road Health Clinic – Kingston
Harlow Leisure Zone – Essex
Oxford Kassam Stadium
Southampton Clinical Commissioning Group
Bath and West Showground – Somerset
Bath Racecourse
Salisbury City Hall
Plymouth Argyle FC’s stadium Home Park
Westpoint Exhibition Centre – Exeter
Devon Stithians Showground – Truro (Cornwall)
Brighton Centre
Debenhams, Folkestone
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की