लण्डन । बेलायतमा ठूलो संख्यामा कोरोना भाइरसविरुद्ध खोप दिनका लागि सोमबारदेखि १० वटा नयाँ केन्द्र संचालनमा आउने भएका छन् ।
नयाँ संचालनमा आउने केन्द्रहरुमा बोर्नमाउथ इन्टरन्याशनल सेन्टर, टाउटन रेसकोर्स, सोमरसेट, ब्ल्याकबर्न कथिड्रल, लांकासायर, सल्टहिल एक्टिभिटी सेन्टर, स्लाओ, बर्कसायर, नोरिच फुट कोर्ट, नोरिच, द लज इन विकफोर्ड, ससेक्स, प्रिन्सेस रोयल स्पोर्टस् एरेना, लिंकनसायर, सेन्ट हेलेन्स रग्बी ग्राउण्ड मर्सिसाइड, द पार्क एण्ड राइड आक्साम बार योर्क र ओलम्पिक अफिस सेन्टर वेम्ब्ली लण्डन रहेका छन् ।
यसअघि गत साताबाट बेलायतका विभिन्न सात स्थानमा ठूलो संख्यामा खोप दिइँदै आएको छ । यसबाहेक करिब १ हजार जीपी र साढे दुईसय अस्पतालबाट पनि कोरोनाविरुद्ध खोप दिइँदै आएको छ ।
यी खोप केन्द्रबाट ४५ मिनेटको कार यात्रामा समेटिने क्षेत्रका ८० वर्षमाथिका मानिसहरुलाई सो केन्द्रमा खोप लगाउन बोलाइएको छ ।
गत साता करिब ६ लाख ४१ हजार मानिसहरुलाई खोप दिन बोलाइएको र यसै सप्ताहन्तमा थप ३ लाख ८० हजार निमन्त्रणा पठाइएको छ । साथै आगामी साता करिब ५ लाख मानिसहरुलाई खोप लगाउन बोलाइने छ ।
घरबाट बाहिर निस्कन नसक्ने वयोवृद्धहरुलाई भने जीपी वा अस्पतालले सम्पर्क नगरुन्जेल घरमा रहन सल्लाह दिइएको छ ।
बेलायतमा हालसम्म करिब ३५ लाख मानिसहरुले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाइसकेका छन् ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त