लण्डन । बेलायतको सर्वोच्च अदालतले लकडाउनका कारण मर्कामा परेका साना व्यवसायीहरूलाई विमा रकम भुक्तानी गर्न आदेश दिएको छ ।
गत बर्ष भएको पहिलो चरणको लकडाउनको बेलाको रकम भुक्तानी गर्न अदालतले शुक्रबार आदेश दिएको हो । त्यस्तो रकम झण्डै १६ लाख अमेरिकी डलर हुने पनि जनाइएको छ ।
प्रभावित व्यवसायीक प्रतिष्ठानहरूको सहयोगमा आर्थिक नियमनकर्ताहरूले रकम भुक्तानीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।
आर्थिक आचरण प्राधिकरण (एफसीए) नामक निकायका अधिकारीले साना व्यवसायीको १.२ पाउण्ड रकम अहिले भुक्तानी नभएको उल्लेख गरेका छन् ।
प्राधिकरणको मुद्दाको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश निकोलस ह्याम्ब्लेनले फरक फरक ६० विमा कम्पनीबाट तीन लाख ७० हजार विमाधारक प्रभावित भएको बताउनुभयो ।
अदालतको फैसलाले विमा भुक्तानीका लागि दावी गर्न मार्ग प्रशस्त गरेको एफसीएका कार्यकारी निर्देशक शेल्डन मिल्सको भनाई छ ।
“अदालतको आदेशलाई सरकारले पनि स्वागत गरेको छ । सर्वोच्च अदालतको यो आदेश अत्यन्त स्वागतयोग्य छ,” व्यापार राज्य मन्त्री क्वासी क्वार्टेङले भन्नुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त